मन्त्री पाण्डेको संयोजकत्वमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मूल समारोह समितिको पहिलो बैठक सम्पन्न, सप्ताहव्यापी कार्यक्रममार्फत दिवस मनाउने निर्णय

काठमाडौं, । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेको संयोजकत्वमा गठन गरिएको अन्तर्राष्ट्रिय सगरमाथा दिवस मूल समारोह समितिको पहिलो बैठक सम्पन्न भएको छ। बैठकले सगरमाथा दिवसलाई सप्ताहव्यापी विविध कार्यक्रमहरूसहित भव्य रूपमा मनाउने निर्णय गरेको हो। बैठकमा पर्वतारोहण, वातावरण संरक्षण, हिमाली संस्कृति प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय पर्यटन प्रवाह अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रमहरू तय गरिएको छ।…