नेपाली सिनेमा ‘के घर के डेरा २’ आजदेखि देशभर रिलिज, प्रिमियरमा १८० र्‍यान्डम दर्शकको सहभागिता

काठमाडौँ । निर्देशक दिपेन्द्र के खनालको नयाँ सामाजिक सिनेमा ‘के घर के डेराः घर नम्बर २’ आजदेखि देशभर प्रदर्शनमा आएको छ। शहरी गरिबी, डेरावालाको संघर्ष, घरबेटी–डेरावालाबिचको सम्बन्ध र आम नागरिकको जीवनकथा बोकेको यो चलचित्रले सामाजिक यथार्थलाई सजीव ढंगले उजागर गर्न खोजेको छ। चलचित्रको कथा चर्चित साहित्यकार बुद्धिसागरले लेखेका हुन्। फिल्ममा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, केकी…