अर्थ

आइडियल यमुना सहकारी अध्यक्ष लापत्ता, बचतकर्ताको ८ अर्ब जोखिममा

काठमाडौं ।

आइडियल यमुना हाम्रो सहकारी संस्थाका अध्यक्ष केबी उप्रेती सम्पर्कबिहीन भएका छन् ।

नेकपा एमालेको सहकारी तथा गरिबी निवारण विभागको सचिव समेत रहेका उप्रेती ३० हजारभन्दा बढी बचतकर्ताको ८ अर्ब रुपैयाँ जोखिममा पारेर उप्रेती लापत्ता भएका हुन्

उनी उपचार गर्न भारत गएकाे बताइएता पनि आफू अध्यक्ष रहेको संस्थाहरूलाई विनाजानकारी गायब भएका थिए । उप्रेती दुई महिनासम्म पनि नफर्किएपछि सहकारीका २ सय बचतकर्ताले करिब २ अर्ब बचत फिर्ता माग्दै सहकारी विभागमा उजुरी दर्ता गराएका छन् ।

आइडियल युमना हाम्रो बहुउद्देश्यीय सहकारी ६ वटा संस्था मर्ज भएर बनेको थियो । यसको कुल निक्षेप तथा सम्पत्ति करिब ८ अर्ब रुपैयाँ र सेयर सदस्य ३० हजारभन्दा बढी पुगेका थिए । तर, लामो समयदेखि सहकारीका बचतकर्ताले रकम फिर्ता पाउन सकेका छैनन् ।

विभिन्न सहकारीहरूलाई मर्ज गर्दै हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बनाएर चलाउँदै आएका उप्रेतीले पछिल्लो समय हाम्रो सगरमाथामा आइडल यमुना बहुउद्देश्यीय सहकारी संस्था, हाम्रो बहुउद्देश्यीय सहकारी संस्था घेदुङ बहुउद्देश्यीय सहकारी संस्थाको साथै नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्थालाई मर्ज गरेर आइडल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाको नाममा कारोबार गर्दै आएका थिए भने संस्थामा ११ अर्बभन्दा बढी निक्षेप रहेको बताइएको छ ।

याे सहकारीबाट १ सय ८० बचतकर्ताले १ अर्ब ५० करोड बचत फिर्ता माग्दै विभागमा निवेदन दिइसकेका छन् ।