काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यूसमक्ष बिदाइ भेट गर्नुभएको छ। परिषद्का संरक्षक एवं प्रधानमन्त्री कार्कीले घिसिङले आफ्नो कार्यकालमा नेपाली खेलकुदका लागि दिनुभएको योगदानको सह्राहना गर्दै आगामी सुखद जीवनको लागि शुभकामना दिनुभयो। सदस्य सचिव घिसिङको पदावधि यही मंसिर १३ गते सकिँदै छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा भएको कार्यक्रममा गृहमन्त्री ओमप्रकाश…