ललितपुर । नेपालीहरूको महान् चाड विजयादशमी ( बडा दशैं ) शुरु भएसँगै यात्रुहरूको सहजतालाई मध्यनजर गर्दै साझा यातायात सहकारी संस्था लिमिटेडले ‘ साझा शटल सेवा ’ सञ्चालन गरेको छ । चाडपर्वको अवसरमा घर फर्किने तथा काठमाडौं उपत्यका बाहिर जाने यात्रुहरूलाई लक्षित गरी यो सेवा शुरु गरिएको हो । संस्थाले एक सूचना जारी गर्दै असोज ७…