Breaking

एकैदिन २९ सयले बढ्यो सुनको भाउ, बन्यो इतिहासकै महङ्गो

काठमाडौं ।

आइतबार नेपाली बजारमा सुनको भाउले अर्को रेकर्ड बनाएको छ ।

शुक्रबारको तुलनामा तोलामा २९ सयले बढेर नयाँ रेकर्ड कायम गरेको हो ।

शुक्रबार १ लाख ३२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन १ लाख ३५ हजार ९५० कायम भएको छ ।
यस्तै आज चाँदीको भाउ भने तोलामा १ सय ९५ रुपैयाँले घटेको छ ।
शुक्रबार १६ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज १४ सय ३२ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।