समाचार

ढकालको हत्या आरोपमा एक जना पक्राउ

काठमाडौं ।

भक्तपुरमा १० फागुनमा मृत भेटिएका तेह्रथुमको छथर गाउँपालिका–२ का गोपाल ढकालको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरले भक्तपुरको चाँगुनारायण नगरपालिका–६ का २९ वर्षका सन्तोष सुवाललाई पक्राउ गरेको हो । हत्याको घटनापछि फरार रहेका सुवाललाई काभ्रेको मण्डनदेउपुर नगरपालिका–६ बाट शनिबार पक्राउ गरेको परिसरका इन्स्पेक्टर निर्मल थापाले जानकारी दिए ।

१० फागुनमा गोपाल ढकालकी श्रीमती रेनुलाई टेलिफोनमा श्रीमान चाहिए २ लाख रुपैयाँ लिएर सूर्यविनायकको जंगलमा आउनू भनी सूचना आएपछि प्रहरीमा उजुरी दिएकी थिइन् । त्यसपछि खोजतलास गर्ने क्रममा प्रहरीले ढकालको शव सूर्यविनायक नगरपालिका–८ स्थित रोधन बस्नेतको गोठमा फेला पारेको थियो ।

गोठमा छिरेपछि इँटा-ढुंगा जे-जे भेटे, त्यसैले टाउकोमा हिर्काएर ढकालको हत्या गरेकाे प्रहरीको प्रारम्भिक निष्कर्ष