शिक्षा/स्वास्थ्य

२० ग्राम सुन चोरी प्रकरण : रौतहट बाट २ जना पक्राउ

रौतहट ।

डडेलधुरा जिल्लामा सुन चोरीको घटनामा संलग्न रहेका दुईजना मानिस रौतहट बाट पक्राउ परेका छन्।

केही दिन अघि भएको चोरीको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले रौतहटबाट दुईजना लाई पक्राउ गरेको हो। रौतहटको चन्द्रपुर नगरपालिका ४ चनद्रनिगाहपुर स्थित बाटोमा हिडिरहेको अवस्थामा डडेलधुरामा सुन चोरि गरि वारदात पछी फरार रहेका दुवैजना लाई बिहीवार साँझ प्रहरीले पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका इन्स्पेक्टर रमाशंकर प्रसाद यादवको कमाण्डमा खटिएको टोलिले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छन्।

पक्राउ पर्नेमा रौतहट चन्द्रपुर ९ बस्ने भिम बहादुर विश्वकर्माको छोरा वर्ष ४० को सुरेन्द्र बिश्वकर्मा र सप्तरी दुहबि नगरपालिका ४ बस्ने भैरव विश्वकर्माको छोरा वर्ष ४४ को शंकर बिश्वकर्मा रहेको प्रवक्ता गिरीले जानकारी दिएकी छन्।

पक्राउ परेका दुबैजना आरोपी लाई डडेलधुराबाट खटिआएका इन्स्पेक्टर कुसुम नायकको जिम्मा लगाई पठाईएको रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले बताएका छन।

डडेलधुराबाट आएकाइन्सपेक्टर नायकका अनुसार डडेलधुरा जिल्लाको अमरगढी नगरपालिका ५ स्थित बिजय साह सोनारको सुन चाँदी पसलमा गत १४ गते राती ९ बजे २० ग्राम सुन चोरी भएको थियो। अनुसन्धानमा उक्त घटनामा शंकर विश्वकर्माको संलग्नता देखिएको थियो। घटना बारे अर्का आरोपी सुरेन्द्र बिश्वकर्मा लाई पूर्ण जानकारी रहेको थियो। तर ईनले प्रहरी लाई असहयोग गरेको कारण दुबैजना लाई पक्राउ गरिएको ईन्सपेक्टर नायकले जानकारी दिएका छन। दुवैजना लाई डडेलधुरामा आवश्यक कार्यवाही गरिने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

सैयौं किलोमिटर टाढा डडेलाधुराबाट मात्र २० ग्राम सुन चोरी भएको १० दिनभित्रै आरोपी लाई रौतहट बाट पक्राउ गरी लैजानु लाई प्रहरीको सक्रियताको जानकारहरुले सराहना गरेका छन्।