समाचार

कोटेश्वरमा बसको ठक्करबाट ट्राफिक प्रहरीको मृत्यु

काठमाडौं ।

कोटेश्वरमा बसको ठक्करबाट घाइते ट्राफिक प्रहरीको उपचारका क्रममा मृत्यु भएको छ ।

प्रहरी प्रभाग, कोटेश्वरमा कार्यरत् ट्राफिक प्रहरीका सई टोपबहादुर खत्रीको उपचारका क्रममा अन्नपूर्ण न्यूरो अस्पताल, माइतीघरमा मृत्यु भएको हो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार, २० फागुन प्रदेश ३-०१-००५ ख ९७५५ नम्बरको बसले ठक्कर दिँदा खत्री गम्भीर घाइते भएका थिए । उपचारका क्रममा आइतबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनलाई ठक्कर दिने बसका चालक नवराज गिरीविरुद्ध सवारी ज्यान सम्बन्धी कसुरमा प्रहरीले मुद्दा चलाएको छ ।