कृषि

अण्डाको नयाँ भाउ तोकियाे

काठमाडौं ।

नेपाल लेयर कुखुरापालक संघले अण्डाको नयाँ समर्थन बिक्री मूल्य तोकेको छ ।

संघको धनगढी, काठमाडौं र इटहरीमा बसेको व्यावसायिक भेलाले नयाँ समर्थन बिक्री मूल्य तय गरेको हो ।

आज बिहीबारदेखि लागू हुनेगरी नयाँ मूल्य तय गरिएको संघले जनाएको छ ।

जसअनुसार मध्यम अण्डाको मूल्य प्रतिक्रेट ३७५ रुपैयाँ, ठूलो अण्डाको प्रतिक्रेट ३९० रुपैयाँ र थप ठूलो अण्डाको समर्थन बिक्री मूल्य प्रतिक्रेट ४०५ रुपैयाँ तोकिएको छ ।