कभर स्टोरी

गुणस्तरिय शिक्षा प्रदान गर्न गजुरीमा स्थानिय सरकार र विद्यालय ब्यवस्थापन बिच बृहत छलफल

सामुदायिक विद्यालयमा गुणस्तरिय शिक्षा प्रदान गर्न आज एक कार्यक्रम सम्पन्न भएको छ । गजुरिगाउँपालिका वडा नं ८ भित्र रहेका सामुदायिक विद्यालयको शिक्षामा सुधार गर्नका निम्ती स्थानिय सरकार र विद्यालय ब्यवस्थापन बिच बृहत छलफल गरिएको हो ।

छलफल कार्यक्रमा गुणस्तरिय शिक्षा प्रदान गर्नको निम्ती विद्यार्थी संख्यां कम भएका आवासीय विद्यालयहरुलाई मर्च गरेर नमुना विद्यालय बनाउने र मर्च भएका विद्यालयमा छात्राबास होस्टेलको ब्यवस्था गर्नका निम्ती शिक्षक,अभिभावक एकजुट भएर लागेमा शिक्षामा सुधार आउने गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेब्ठ ले बताउनु भयो ।

आफनो बालवालिकाको गुणस्तरिय शिक्षा प्रदान गर्न अभिभावक,शिक्षक सधैँ सकारात्मक रहेको पनि जानकारी दिनुभयो । कार्यक्रममा गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेब्ठ ,उपाध्यक्ष सर्मिला बिशुराल ,वडा नं २,३,७ र ८ का वडा अध्यक्ष,गाउँपालिका स्रोत शिक्षक सुजन भण्डारी,वडा नं ६का वडा सदस्य ,वडा न ८ का पुर्व अध्यक्ष ,विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष,प्रधानध्यापक लगाएत शिक्षकहरुको उपस्थिति रहेको थियो ।