समाचार

तामाङ पत्रकार संघको दुई दिने राष्ट्रिय भेला सम्पन्न, दश लाख रुपैयाँको अक्षयकोष घोषणा

काठमाडौं : तामाङ पत्रकार संघको दुई दिने राष्ट्रिय भेला सम्पन्न भएको छ । शुक्रवारबाट काठमाडौंको नक्सालस्थित होटल क्राउन प्लाजामा शुरु भएको भेला शनिबार सम्पन्न भएको हो । भेलाको उद्घाटन वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले गरेका थिए । भेला उद्घाटन गर्दै मन्त्री लामाले प्रदेशप्रति स्थानीय र संघ दुबै सरकारले गरेको व्यवहार ठीक नभएको बताएका थिए । मन्त्री लामाले प्रदेशको बजेटतिर दुबै सरकारले आँखा लगाउने गरेको पाइएको दाबी गरेका हुन् ।
‘संघप्रति मान्छेहरुको विश्वास भएन । किन त संघले काम गरेको हो कि प्रदेशले । स्थानीयले के सोच्ने रहेछ भने स्थानीयले प्रदेशसँग धेरै पैसा हुनेरहेछ । यसले हामीलाई असर गर्छ । यो प्रदेश चाहिँदैन भन्ने । माथि संघ पनि त्यो पैसा त हामीले चलाउन पाए त हुने भन्ने,’ मन्त्री लामाले भने । यसरी दुई तहको सरकारले पैसामा आँखा लगाएर प्रदेश नै नचाहिने खालको तर्क राखेको आफूले पाएको उनको भनाई थियो । यस्तो व्यवहारले प्रदेश गएमा संघीय सरकार पनि नरहने र स्थानीयले पनि अधिकार नपाउने लामाले बताए । ‘प्रदेशै गएपछि त संघ पनि रहँदैन । प्रदेश गइसकेपछि त संघीयता नै गयो नि । व्यवस्था नरहे कसरी स्थानीयले अधिकार रहन्छ तरु यो कुरा बुझ्नुप¥यो,’ मन्त्री लामाले भने ।
यद्यपि तीनै सरकारले एकै खालको काम गर्दा जनता भने झुक्किएको उनको भनाई रह्यो । ‘डुप्लिकेसन धेरै भएको छ । संघले पनि त्यही काम गर्ने प्रदेशले पनि त्यही काम गर्ने स्थानीयले पनि त्यही काम गर्ने । भनौ भने साथीहरु जागिहाल्ने । नभनौ भने गाह्रो पर्ने,’ मन्त्री लामाले भने ।
मन्त्री लामाले तामाङ समुदायका लागि आफूले सकेको सहयोग गर्ने बताए । भेलामा संघले प्रकाशन गरेको पत्रिका ‘कलमजीवी’ समेत विमोचन गरियो । भाषाविद् अमृत योञ्जनले ‘कलमजीवि’लाई निरन्तर दिन सके इतिहासमा एउटा राम्रो अभिलेख तयार हुने बताए । कार्यक्रममा अन्तराष्ट्रिय तामाङ परिषद्का बरिष्ट उपाध्यक्ष टासी लामाले तामाङहरु समाजको हरेक क्षेत्रमा कमजोर रहेकोले त्यसलाई पत्रकारिताको माध्यमबाट झक्झकाउने काम गर्नु पर्नेमा जोड दिए ।
दश लाख रुपैयाँको अक्षयकोष घोषणा
संघले तामाङ पहिचानजनित विषयमा कलम चलाउने तामाङ पत्रकारलाई सम्मान गर्ने गरी ‘तामाङ पत्रकार अक्षयकोष’ घोषणा गरेको छ । संघका अध्यक्ष सुवास योञ्जनले १० लाख रुपैँया बराबरको अक्षयकोष स्थापना गरेको बताए । उनका अनुसार साढे ६ लाख रकमसमेत कबोल भइसकेको छ ।
यसअघि अक्षयकोषमा ३ लाख ५० हजार रुपैयाँ कबोल भइसकेको थियो । शुक्रवार थप ३ लाख रकम कबोल भएको हो । कार्यक्रममा तामाङ पत्रकार संघका केन्द्रीय सदस्य मिलन लामाले एक लाख, नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान वलले नगद ५० हजार, तामाङ पत्रकार संघका पूर्वअध्यक्ष जगतमान दोङले ५० हजार, समाज नर्थ अमेरिकाको सल्लाहकार लोक लामा गोलेले ५० हजार, त्यसैगरी संघका संस्थापक अध्यक्ष रवीन्द्र तामाङले ४३ हजार, तामाङ पत्रकार संघका पूर्वअध्यक्ष विष्णु तामाङले २५ हजार, तामाङ डाजाङका अध्यक्ष फूलमान वलले १० हजार १०, मम्स् नेपालकी कार्यकारी निर्देशक रञ्जिता लामाले १० हजार, गाउँपालिका महासंघका सल्लाहकार वंशलाल तामाङ १० हजार सहयोगको घोषणा गरे ।
संघका संस्थापक अध्यक्ष रविन्द्रले समुदायकोसमेत कर परेकाले सरकारले अक्षयकोषको केही न केही सहयोग गर्नु आवश्यक रहेको बताए । यसअघि तामाङ पत्रकार संघका सल्लाहकार ङिमा पाख्रिनले एक लाख, तामाङ सोसाइटी अफ नर्थ अमेरिकाका पूर्वअध्यक्ष लक्यान लामाले एक लाख र व्यवसायी कुयाङ लामाले एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।
नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान वलले अक्षयकोषलाई १० लाखबाट ५० लाखको बनाउन सुझाव दिए । यसै कोषबाट संघले हरेक वर्ष ५० हजार रुपैँया बराबरको ‘पहिचानमुलक तामाङ पत्रकारिता लेखनावृद्धि ९फेलोसिप०’ प्रदान गर्ने तयारीसमेत गरेको छ ।
यसैगरी तामाङ पत्रकार संघले पत्रकारितामार्फत् तामाङ भाषा, पहिचानका क्षेत्रमा योगदान पु¥याउने दुई जना तामाङ पत्रकारलाई ‘तामाङ मिडिया अवार्ड’ र एक जनालाई ‘दिपेन्द्र दोङ स्मृति पत्रकारिता पुरस्कार’ अन्तर्गत एक जनालाई प्रदान गरिने छन् । उनीहरुलाई जनही १० हजार रुपैयाँका दरले पुरस्कृत गर्ने तामाङ पत्रकार संघले जनायो ।

स्थानीय तहका मुद्दामा छलफल

भेलामा स्थानीय तहमा तामाङका मुद्दा विषयमा गाउँपालिका राष्ट्रिय महासंघका सल्लाहकार वंशलाल तामाङसँग अन्तरक्रियासमेत भयो । ईन्द्रावती गाउँपालिकाका पूर्वअध्यक्षसमेत रहेका तामाङले आफ्नो कार्यकालमा संस्कृति जोगाउन लागिपरेको बताए ।
विकासका क्रममा तामाङ पहिचान भएको बस्ती मासिएको बारेमा तामाङको जवाफ थियो, ’विकासको अर्को स्वरुप विनास बन्नुहुदैन । तर विकासलाई आत्मसात गर्दै लानुपर्छ ।’
त्यसैगरी तामाङ समुदायको आर्थिक उपार्जनको बाटो अहिले पनि रक्सी भएको उल्लेख गर्दै यसमा राज्यको अंकुश लगाउने अवस्था अझै रहेको बताए । ‘तामाङ समुदायको आर्थिक उपार्जन अहिले पनि रक्सी हो । तर कानुनले त्यो गर्न बर्जित गरेको छ,’ तामाङले भने । अन्तरक्रियाको सहजीकरण संघकी केन्द्रीय सदस्य शान्ति तामाङले गरेकी थिइन् ।
शुक्रवार २२ जिल्ला र २ प्रदेश कार्यसमितले भेलामा रिपोर्टसमेत प्रस्तुत गरेका थियो ।
प्रशिक्षणात्मक कार्यक्रम
दोस्रो दनि शनिवार प्रशिक्षणात्म कार्यक्रम भयो । तामाङ पत्रकार संघका पूर्वअध्यक्ष जगतमान दोङले ‘तामाङ पत्रकार संघको सांगठनिक विकासक्रम र वर्तमान नेतृत्वको कार्यभार’ विषयमा प्रशिक्षण सञ्चालन गरे । उनले तामाङ संघसंस्थालाई सिर्जनात्मक खबरदारी गर्नेदेखि हरेक संस्थासँग समदुरीको सम्बन्ध कायम राख्नुपर्ने काम संघको नेतृत्वमा हुनुपर्ने धारणा राखे ।
तामाङ सञ्चार समूह हुँदै स्थापना भएको संघको इतिहासबारे चर्चा गर्दै दोङले सदस्यता बढाउनमा जोड दिए ।
वरिष्ठ पत्रकार कुमार यात्रु तामाङले तामाङ आदिवासी जनजातिका मिडिया सरोकार विषयमा जानकारी दिँदै आइएलओ १६९ गुरुमन्त्र भएको बताए । स्थानीय तहको नामाकरणदेखि कृषि प्रणाली, आदिवासी ज्ञान प्रणाली र प्रथाजनित संस्थाबारे पनि सवालहरु उठाउन सकिने धारणा राखे ।
आदिवासी जनजातिहरु विभिन्न सम्झौतामा फस्ने गरेको उल्लेख गर्दै यात्रुले आदिवासीका मुद्दामा कलम चलाउँदा स्वतन्त्र, अग्रिम जानकारीसहितको मञ्जुरी९एफपिक कानुन०बारे बुझेरमात्र काम गर्नुपर्ने बताए ।
संघका सल्लाहकार अमध्वज लामाले ‘तामाङ पत्रकाररको क्षमता अभिवृद्धि र स्रोत पहिचान’ विषयक प्रशिक्षण दिए । लामाले तामाङ पत्रकारले स्रोतमा पहुँच बढाउन र व्यवसायिक क्ष्मता बढाउन जोड दिए । ‘स्रोतमा पहुँच बढाउनुप¥यो । व्यवसायिक क्षमता बढाउनुप¥यो,’ लामाले भने, ‘त्यसपछि आन्तरिक श्रोत, बाह्य स्रोत, अन्य स्रोतको खोजी गर्न सकिन्छ ।’

प्रशिक्षण सत्र संस्थाका पूर्वअध्यक्षसमेत रहेका सचिवालय सदस्य विष्णु तामाङले गरेका थिए ।
तामाङ भाषालाई डिजिटालाइज गर्नुपर्छ – रेवती सापकोटा
बागमती प्रदेश सञ्चार मन्त्रालयका प्रेस रजिस्ट्रार रेवती सापकोटाले तामाङ भाषालाई डिजिटालाइज गर्नुपर्ने धारणा राखे । मातृभाषा पत्रकारिता र प्रेस रजिस्ट्रार कार्यालयको भूमिका विषयक अन्तरक्रियामा सापकोटाले भने, ‘तामाङ भाषालाई डिजिटालाइज गर्नुपर्छ । जसले गर्दा गुरुङले तामाङ भाषालाई तमु भाषामा बुझोस् । अंग्रेजले आफ्नो भाषामा ।’
उनले रजिस्ट्रारको कार्यालयले सञ्चार सम्बन्धी विभिन्न कार्यक्रमहरु गरे पनि तामाङ समुदायको चासो भने कम भेटिएको बताए । ‘हामीले पत्रकारिता क्षमता अभिवृद्धिका लागि विभिन्न तालिमहरु गरेका छौं । तामाङहरु पनि छन् । तर तामाङहरुको चासो र सहभागिता कम छ यहाँको जनसंख्या हेर्दा,’ सापकोटाले भने ।
मातृभाषा पत्रकारिताबो भने केही छलफलमात्र शुरु भएको तर ठोस काम अझै हुन बाँकी रहेको उनको भनाई थियो । ‘मातृभाषा पत्रकारिताबारे केही छलफल भएका छन् । मातृभाषा पत्रकारितामा संलग्नलाई यहाँ टिकाउन नसके जनशक्ति पलायन हुने डर छ,’ उनले भने । तामाङ भाषामा पोडकास्टमा कार्यक्रम चलाउन सकिनेसमेत उनको सुझाव रह्यो ।
बुढानिलकण्ठकी उपमेयर अनिता लामाले आफ्नो कार्यकालबाट नगरपालिकाभर ल्होछार उत्सवका रुपमा मनाउन थालिएको बताइन् । ‘पालिकापालिकाले ल्होछार मनाउँदा सार्वजनिक बिदा दिन्छ । यो पनि एउटा राजनीतिक बिम्ब हो,’ लामाले भनिन् ।
आफ्नो राजनीतिक संघर्ष सुनाउँदै उनले आफूले टिकट पाउँदा घरमा रुवाबासी भएकोसमेत उनले बताइन् । ‘पढ्नु र जागिर खानुमात्र थिएन सामाजिक चेतना निर्माणको पनि विषय थियो । संगठनले मेरो क्षमता हेरेर टिकट दियो । अरुको घरमा टिकट पाउँदा हर्षोउल्लास भएको थियो, मेरोमा रुवाबासी,’ उपमेयर लामाले भनिन्, ‘पोलिटिक्स डिस्ट्रोय हुँदैछ । आशा लाग्दा अनुहार यहाँ आउन सक्दैन भनेर ।’
आफूले पाएको टिकट बाआमाले गरेको लगानीको परिणाम भएकोसमेत उनको भनाई थियो । विकासका क्रममा अहिले तामाङहरुले आफ्नो जमिन गुमाउन थालेकोसमेत लामाको भनाई रह्यो । ‘बुढानिलकण्ठका तामाङहरु घरघरमा जाँडरक्सी बेच्थे । सुकुटी बेच्थे । अहिले तामाङहरु जहाँको तही छन् । तर डाँडाका जग्गाहरु छोराछोरीलाई शिक्षा दिन तथा विभिन्न कारण डाँडा गाउँ र तौलुङ अर्कैको बन्यो,’ उनले भनिन् ।
तामाङ समुदायको पत्रकारिताका लागि आफू सक्दो सहयोग गर्न तयार रहेको लामाले प्रतिबद्धता जनाइन् ।