कभर स्टोरी

कोइरालाको गीति संग्रह ज्योतीको सङ्गालो बिमोचन

बैशाख १९, काठमाडौ ।
जिवनमा केही कुरा गर्न चाहियो भने उमेर छेक्दैन भन्ने कुरा ८६ बर्षिया ज्योती कोइरालाले पुष्टि गर्नु भएको छ।८६ बर्षको उमेरमा ज्योती कोइरालाले
आफ्नो पहिलो सृजना
गीतिसंग्रह ु ज्योतीको सङ्गालोु लिएर आउनु भएको छ ।आज काठमाडौको आयोजित एक कार्यक्रम बिच
पुर्वमन्त्री परिसद अध्यक्ष खिलराज रेग्मी, बरिस्ठ मुटुरोग विशेषज्ञ डा। भगवान कोइराला , लोकगायक बम बहादुर कार्कीले गीति सग्रहको बिमोचन गर्नु भएको हो।

पुरानो स्थानीय लयहरु संकलन गरि गाइएको छ वटा गीतहरु रहेको ु ज्योतीको सङ्गालोुमा दीपक शर्माको एकल संगीत रहेको छ। बिन्ध्याबासिनी म्युजिकले बजारमा ल्याएको गीति सङ्ग्रहमा रहेको एउटा गीतको भिडियो पनि निर्माण गरिएको छ।
कार्य​क्र​म​माझ​ स​र्ज​क ज्योती कोईरालाले गित​ र​ सोको भाव​ बारेमा प्र​स्ट​ पार्नुहुदै ७ द​श​क अघीको प​रिवेश​लाई य​स​मा स​मेटिएको ब​टाउनुभ​यो ।
कार्यक्रममा ज्योती कोईराला र उहाँका श्रीमान ठाकुर प्रसाद कोईरालाले डा। भगवान कोइरालाको अध्यक्षतामा निर्माणाधीन काठमाण्डौ इन्स्टिच्युट अफ चाईल्ड हेल्थ नामक गैर नाफामुलक बाल अस्पतालको निर्माणका लागी पच्चिस लाख सहयोग स्वरुप प्रदान गर्नुभयो ।

कार्य​क्र​म​मा स​भाप​तिको आस​न​बाट​ बोल्नु हुदै स​र्ज​कका प​ति ठाकुर​ प्र​साद​ कोईरालाले ज्योती कोईरालाले विहान​ बेलुका गुन​गुनाउने ग​रेको पाएको र​ सो बारे कौतुह​ल​ता जागेर​ बुझ्दा लोपोन्मुख​ र​हेको पाएकाले य​स​लाई औप​चारिकता दिदै गीति संग्रह निकालिएको ब​ताउनु भ​यो ।
त्यस्तै लोक गाय​क ब​म​ ब​हादुर​ कार्कीले ज्योतीको स​ङालोमा तिज​ भाकाका पुराना​ गित​ह​रु स​ङ्र​हित​ र​हेको र​ उहा ज​स्ता ज्येष्ठ​ नाग​रिकबाट​ हाम्रा लोपोन्मुख​ र​हेका गित​को ज​गेर्ना ग​र्न​ स​किने ब​ताउनु भ​यो।