काठमाण्डौ –आमा पुज्ने औँसीुका रुपमा कहलिएको वैशाख महिनाअन्तर्गत कृष्णपक्ष औँसीका दिन मातातीर्थमा स्नान र पूजा गर्ने श्रद्धालुको जति भीड हुने गर्दछ, त्यतिकै भीड गोकर्णमा हुने कान्ति भैरवको जात्रामा पनि हुने गरेको छ । फरक यति छ कि मातातीर्थमा आमा स्वर्गिय भइसकेका छोरा–छोरी आफ्नी जननीको सम्झना स्नान र पूजा गर्न पुग्ने गरेका छन् भने गोकर्णमा बिहान सबेरै आम जनसमुदायले कान्ति भैरवलाई उनकी आमाको दर्शन, परिक्रमा साथै पूजा गराउन कोसेलीसहित जात्रा गरेर पुर्याइने गरिएको छ ।
08 May 2024 09:08 AM | UPDATED 7 months ago
प्रतिक्रिया