धादिङ– थाक्रे गाउँपालिका वडा नं ११ मा पर्ने सिम्ले बजार हुँदै नेपालचोक, लामखोरीया, कात्तिके, खानिगाउँ हुदै वडा कार्यालय सम्मको सडक चौडा गर्ने,ह्युम पायप राख्ने,कजवे बनाई ग्रावेल बिछ्याउने काम सम्पन्न भएको छ । ३० लाखको आयोजनामा ग्रावेल भएको सो सडक तोकिएको समयमा नै स्थानियको पुर्ण श्रमदानमा सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष्य रामकुमार तामाङ्ग ले जानकारी दिनुभयो ।
जथाभावी बाटो विस्तार गर्ने तर समयमा निर्माण सम्पन्न नहुँदा यहाँका बासिन्दालाई हिलो, चिप्लो र पहिरोको त्रास भइरहेको थियो अहिले भने सहज भएको स्थानीयको भनाए छ । घण्टौ सम्मको पैदल बाटो हिँड्नुपर्ने बाध्यता सडक संरचनाको पहुँचले हटाएको छ स्थानीयले भने । अहिले धेरैले गाडीमा सामान ढुवानी गर्न थालेका छन् । सडक बनेपछि अहिले बजार जान सहज भएको छ ।
प्रतिक्रिया