अर्थ

सार्वजनिक गर्‍यो प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण

सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ।

मं‌गलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो।

यसअघि जेठ ३ गते बसेको मन्त्रिपरिषद बैठकले सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो।

त्यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गर्न भन्दै छुट्टाछुट्टै पत्राचार गरेका थिए। त्यसपछि मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरी मंगलबार मन्त्रिपरिषद कार्यालयको वेबसाइटमा राखेको हो।