मनाेरञ्जन

रातो मच्छिन्द्रनाथको रथ महिलाले मात्र तानेर लगनखेलको इतिटोलमा पुर्‍याए

ललितपुरको रातो मच्छिन्द्रनाथको रथयात्राको क्रममा आज बिहानै महिलाले मात्र रथ तानेर लगनखेलको इतिटोलमा पुर्‍याएका छन् । रथयात्राको क्रममा हरेक वर्ष नरिवल खसाल्ने जात्राको भोलिपल्ट बिहान महिलाले मात्र रथ तान्नुपर्ने परम्परा याक मिसाया भुज्याअनुसार आज बिहान महिलाले तानेर इतिटोल पुर्‍याएका हुन् । हिजो रथको टुप्पोबाट नरिवल खसालिएको थियो । यसवर्षको रथयात्रा गएको बैशाख २९ गते शुरु भएको हो ।