काठमाण्डौ महानगरले सडक विभागअन्तर्गतको सडक सुपेरीवेक्षण तथा अनुगमन कार्यालय काठमाण्डौको गेटमा एक ट्रक धुलो खनाइदिएको छ । १५ वर्षदेखि कलङ्कीबाट महाराजगञ्जको सडक अलपत्र पारेको भन्दै एक ट्रक धुलो खन्याइदिएको मेयर बालेन्द्र शाहले बताउनुभएको छ ।
उहाँले काम अघि नबढाएसम्म हरेक दिन एक ट्रक धुलो विभागको कार्यालयमा खन्याइदिने र उपहारको रुपमा यसलाई स्वीकार गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई आग्रह पनि गर्नुभएको छ ।
प्रतिक्रिया