कभर स्टोरी

इकोनमी क्लासको टिकट लिएर सर्वसाधारणको लाईनमा बसेर जेनेभा उडे श्रम मन्त्री अर्याल

काठमाडौँ, जेठ २७ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्याल जेनेभामा जारी अन्तराष्ट्रिय श्रम संगठन {आईएलओ} को ११२ औ अन्तराष्ट्रिय श्रम सम्मेलन {आईएलसी} मा सहभागी हुन आइतबार जेनेभा तर्फ प्रस्थान गरेका छन् ।
मन्त्री अर्यालले इकोनमी क्लासको टिकट लिएर सर्वसाधारणको लाईनमा बसेर जेनेभा प्रस्थान गरेका छन् । मन्त्रीले बिजनेस क्लासको टिकटबाट यात्रा गर्न मिल्ने व्यवस्था छ । यात्रा गरे बापत लाग्ने शुल्क सरकारले नै ब्यहोर्ने व्यवस्था पनि छ । भिआईपी कक्ष प्रयोग गरेर सुविधा लिन मिल्ने व्यवस्था पनि छ । तर नागरिकको कर अनावश्यक खर्च नगर्ने, आफु सधै इकोनमी क्लासबाट नै यात्रा गर्ने भन्दै कर्मचारीको अनुरोधका बाबजुद मन्त्री अर्यालले साधारण नागरिक सरह यात्रा रोजेको प्रष्टिकरण दिएका छन् । ‘हाम्रै मन्त्रालयबाट अनुमती लिएर दैनिक हजारौ युवाहरु विदेश जान्छन् । उनीहरुले जस्तै सबै अवस्था भोगेर हामीले किन जान नहुने उनले भने ।

मन्त्री अर्यालले १२ जुनमा आईएलसीको पूर्ण बैठकलाई सम्बोधन गर्नेछन् । त्यस्तै, यसैगरी राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा समाजिक न्यायको लागि ग्लोबल गठबन्धन फोरममा सहभागिताको भ्रमण दलको सदस्यको रुपमा पनि मन्त्री अर्याल सहभागी हुनेछन् ।