धादिङको बेनिघाट रोराङ गाउँपालिकाले खानेपानी गुणस्तर परिक्षण प्रयोगशाला सञ्चाल गरेको छ । धादिङ जिल्लाको १३ वटा स्थानीय तह मध्ये बेनिघाट रोराङ गाउँपालिकाले पहिलो पटक पानी परीक्षण प्रयोगशालाको शुरुवात गरेको छ।
अक्सफाम नेपाल र बेनीघाट रोराङ गाउँपालिकाको आर्थिक सहयोगमा फोकस नेपाल धादिङद्वारा संचालित वैकल्पिक व्यवस्थापन पद्दति ९ब्ःः० परियोजना सहयोगमा ग्रामीण खानेपानी व्यवस्थापन बोर्डले संचालन तथा व्यवस्थापन गर्ने गरि बोर्डको कार्यालयमा परिक्षण प्रयोगशालाको शुरुवात गरिएको बोर्डका कार्यकारी निर्देशक अर्चिता उप्रेतीले बताउँनु भएको छ ।
सोमबार ग्रामीण खानेपानी बोर्डको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी प्रयोगशालाको उद्घाटन गरिएको हो । बेनीघाट रोराङ गाउँपालिका तथा बेनिघाट रोराङ ग्रामीण खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष कृष्ण बहादुर थपलिया९बिबेक०ले रिबन काटेर प्रयोगशालाको उद्घाटन गर्नुभएको हो।
धादिङको १३ वटा स्थानीय तहहरुमा आफ्नै स्थानीय स्तरमा ल्याब स्थापना गर्ने पहिलो गाउँपालिका रहेको बोर्डका कार्यकारी निर्देशक अर्चिता उप्रेतीले जानकारी दिनुभयो। हामीले गाउँपालिकामै पानीको शुद्धता परीक्षण गर्न ल्याब स्थापना गरेका छौं,’ उनले भने, ‘अब हामीले गाउँपालिका लगायतका खानेपानीको शुद्धता जाँच गर्न अन्यन्त्र पठाउनुपर्ने समस्या समाधन भएको छ। सफा शुद्ध पानी नागरिकहरुसम्म पुगोस् भनेर पानी परीक्षण गरिने उहाँले बताउनु भएको छ।
ग्रामीण भेगको खानेपानीमा रासायनिक तथा भौतिक प्रदुषणमा खासै समस्या नभए पनि जैविक प्रदुषण९कोलिफर्म, ईकोली० हुने गरेको कुरा विभिन्न माध्यम तथा अनुसन्धानबाट थाहा भए पश्चात गाउँपालिका स्तरमा खानेपानी गुणस्तर परिक्षण प्रयोगशालाको आवश्यकता भएको महसुस भएर अक्सफाम नेपालको आर्थिक सहयोगमा फोकस नेपाल धादिङ मार्फत संचालित वैकल्पिक ब्यवस्थापन मोडेल परियोजनाको र बेनिघाट रोराङ गाउँपालिकाको आर्थिक सहयोगमा प्रयोगशाला स्थापना गरेको हो ।
प्रयोगशालामा गाउँपालिका भित्रका सबैखाले खानेपानी आयोजनाहरु र अन्य स्थानीय तह भित्रका खानेपानी आयोजनाहरुले समेत स–शुल्क परिक्षण गराउन सक्नेछन । भने बोर्डमा हस्तान्तरण भएका आयोजनाहरुको भने संस्था स्वयमले आवश्यकता अनुसार निशुल्क परिक्षण गरेर उपभोक्ताहरुमा पानी वितरण गरिनेछ ।
गाउँपालिका भित्र हाल १५० वटा खानेपानी प्रणालीहरु रहेका छन् जसमा १३५ वटा ग्राभीटि प्रणालीक, १२ वटा लिफ्ट प्रणालीको र ३ वटा मिश्रित प्रणालीको रहेको छ। बोर्डमा हाल सम्म २४ वटा खानेपानी आयोजना बोर्डमा हस्तान्तरण भाई १६०५ घरधुरीमा बोर्ड मार्फत नियमित रुपमा सेवा प्रवाह भईरहेको छ ।
कार्यक्रममा बेनीघाट रोराङ गाउँपालिकाका उपाध्क्षय टाप बहादुर श्रेष्ठ, वडा अध्यक्षहरु, राजनीतिक दलका पार्टी प्रमुख तथा प्रतिनिधि, फोकस नेपाल पदाधिकारी, पत्रकार महासंघ धादिङका अध्यक्ष,पत्रकार,गाउँपालिकाका शाखा प्रमुखहरु, उपभोक्ता समितिका पदाधिकारी तथा उपभोक्ता लगायतको उपस्थिति रहेको थियो।
प्रतिक्रिया