बाँके ३१, जेष्ठ उद्योग तथा बाणिज्य र श्रम उपभोक्ता संसदिय समितिका सभापती माननीय अब्दुल खान र कोहलपुरका साना तथा घरेलु उद्योगिहरु बिच अन्तक्रिया कार्यक्रम कोहलपुरमा सम्पन्न भएको छ।
बिहीबार अन्तक्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथि खानले समग्र उद्योगी ब्यवसायी र उपभोक्ताका समस्याहरु आफूले जस्ताको त्यस्तै सदनमा प्रस्तुत गर्ने र उद्योगीहरुको हितमा निति बनाउन समेत सरकारलाई दवाब दिने बताउनु भएको छ। अन्तरक्रिया कार्यक्रममा उपस्थित रहेका साना उद्योगी ब्यवसायी एवं पत्रकारहरुको जिज्ञासाहरुको उत्तर दिदै समस्या समाधानका लागि आफू कटिबद्ध रहेको बताउनु भयो। उहाँले भारतिय आयातलाई प्रतिस्थापन गर्दै भारतमा हुने निर्यातलाई प्रवर्द्धन र व्यवस्थित गर्न सबै मिलेर पहल गर्न आवस्यक रहेको बताउनु भयो।
अन्तरक्रिया कार्यक्रममा कोहलपुरका उद्योगिका समस्या, उपभोग्य बस्तुको अनुगमन बजारीकरण लगायतका समस्या बारे व्यापक छलफल गरियको थियो।
लघु उद्यमिहरुको लागि सरकारले बनाएको राम्रो नीति उद्योग व्यवसायिको हितमा नरहेको घर्व्लु महासंघ बाँकेका अध्यक्ष मधु खड्काले बताउनु भयो।खड्काले उद्योगिका समस्या, उपभोग्य बस्तुको अनुगमन बजारीकरण लगायतका समस्या बारे व्यापक छलफल गरियको समाधान गर्न पहल गर्न सभापति खानलाई आग्रह समेत गर्नुभएको छ ।
लघु उद्यमिहरुका लागी राम्रो नीति नरहेको सबैले सुझाब लग्ने अनि हामिहरुले बुझाएको ज्ञापनपत्र समेत मन्त्रालयको डस्टबिनमा फाल्ने गरेको आजसम्म उद्यमिको समस्या समाधानको लागि कसैले पहल नगरेको गुनासो उहाँले पोख्नु भएको छ। यस्तै घरेलु महासंघका केन्द्रिय सदस्य समेत रहनु भएका शेषकान्त शर्माले साना तथा लघु घरेलु उद्यमिहरुको लागि स्थानिय तहले खासै चासो नदेखाएको हुँदा अब ससदिय समितिलेनै आफुहरुको हितको लागि कदम चाल्न आवस्यक रहेको बताउनुभयो।यस्तै नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुरका अध्यक्ष हेम बिक्रम जिसिको अध्यक्षतामा भएको कार्यक्रममा कोहलपुरभित्र रहेका दर्जन बढि घरेलु उद्यमिहरुको सहभागीता रहेको थियो।
प्रतिक्रिया