काठमाडौं ।बाल बाटिका इन्टरनेशनल विद्यालयमा एकदिने बृहत दन्त तथा आँखा परिक्षण शिविर सम्पन्न भएको छ । बिहिवार विद्यालयले एकदिने बृहत दन्त तथा आँखा परिक्षण शिविर आयोजना गरेको थियो । विद्यालयले आयोजना गरेको परिक्षणमा ॐ समाज डेण्टल हस्पिटलले प्राविधिक सहयोग गरेको थियो । त्यस्तै, आँखा परिक्षणमा भाग्यलक्ष्मी आई एण्ड डेण्टल क्लिनिक तारकेश्वरको सहयोग रहेको थियो ।
दन्त तथा आँखा परिक्षण शिविरमा विद्यालयका विद्यार्थी,अभिभावक,शिक्षक र कर्मचारी गरेर करिब ६ सयभन्दा बढीको सहभागीता गरेको बाल बाटिका ईन्टरनेशनल स्कुलका प्रधानाध्यापक राजेश खकुरेलले बताउनुभयो । विद्यालयले स्थापना कालदेखि विभिन्न खालका स्वस्थ्य शिविरहरु संचालन गर्दै आएको उहाँको भनाई छ । प्रधानाध्याकपक खकुरेलले विद्यालयले आगामी दिनमा यस्ता स्वास्थ्य शिविरहरुलाई
निरन्तरता दिने जानकारी दिनुभो।
उहाँले दन्त तथा आँखा शिविरमा विद्यार्थी तथा अभिभावकहरुलाई दात तथा आँखाको समस्या बारेमा जानकारी गराउने उदेश्यले शिविर संचालन गरिएको बताउनुभयो । उहाँले विद्यार्थी तथा अभिभावकहरुले शिविरमा सक्रिय सहभागि जनाउँदै सकारात्मक प्रक्रिया दिएको बताउनु भयो । २०६१ सालमा सिद्धिर्भवती कर्मजा भन्ने नारालाई आत्मसात गरेर स्थापना भएको बाल बाटिका ईन्टरनेशनल स्कुलमा अहिले प्ले ग्रुप देखी कक्षा १० सम्म ५ सय विद्यार्थीहरु अध्ययनरत छन् ।
प्रतिक्रिया