Breaking

धादिङ:थाक्रे गाँउपालिको बजेट ९९ करोड ३८ लाख ७६ हजार

धादिङ जिल्लाको थाक्रे गाँउपालिका गाउँ सभा मार्फत आगामी आर्थिक बर्ष २०८१,८२ को लागि बजेट ल्याएको छ । पालिकाले आगामी आर्थिक बर्षको लागि ९९ करोड ३८ लाख ७६ हजारको बजेट ल्याएको हो । जसमा संघिय सरकारबाट प्राप्त हुने वित्तिय समानिकरण अनुदान १५ करोड ४१ लाख,संघिय राजस्व बाँडफाँडबाट १० करोड १९ लाख,संघिय विशेष अनुदानबाट २० लाख र सर्शत अनुदान २२ करोेड ८८ लाख गरी जम्मा ४८ करोड ६८ लाख प्राप्त भएको छ ।

यता बागमती प्रदेश सरकारबाट प्राप्त वित्तिय अनुदान रकम १ करोड ६६ लाख ३ हजार, प्रदेश राजस्व बाँडफाँड २ करोड ३६ लाख १४ हजार ३ सय, प्रदेश विशेष अनुदानबाट ७० लाख,प्रदेश समपुरक अनुदानबाट २ करोड र प्रदेश सर्शत अनुदान २ करोड ७ लाख ८९ हजार गरी जम्मा ७ करोड ३० लाख ६६ हजार ३ सय रहेको छ ।

पालिकाले आन्तरिक आयतर्फ ४३ करोड ४० लाख ९ हजार ७ सय रहने अनुमान गरेको छ । पालिकाले चालु खर्चतर्फ कुल बजेटको ४७ प्रतिशतले हुन आउने ४६ करोड ७१ लाख २१ हजार ७ सय २० रुपैँया र पुँजीगततर्फ कुल बजेटको ५३ प्रतिशत हुन आउने ५२ करोड ६७ लाख ५४ हजार २ सय ८० रुपैँया विनियोजन गरेको छ ।

पालिकाले ल्याएको बजेटमा आर्थिक विकासतर्फ १२ करोड ६० लाख ६७ हजार,समाजिक विकासतर्फ ३२ करोड ६३ लाख ५२ हजार,पुर्वाधार विकासतर्फ २७ करोड ७६ लाख ९ हजार,कार्यालय तथा प्रशासनतर्फ २२ करोड ६९ लाख ९१ हजार सु्शासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ ३ करोड ६८ लाख ५७ हजार विनियोजन गरिएको छ ।

बजेट घोषणा पछि पालिका अध्यक्ष रामकुमार आचार्यले बजेट सबैलाई सम्बोधन हुनेगरी ल्याइएको बताए । उनले थाक्रेको सम्बृद्धीको लागि पालिकाबाट प्रस्तुत बजेटले नयाँ आयाम थप्ने बताउनुभयो ।