२५ साउन काठ्माण्डौँ गत मंगलबारदेखि भारत भ्रमणमा रहनुभएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले विसाखापटनम पोर्टको अवलोकन भ्रमण गर्नुभएको छ । उहाँले पोर्टको पुर्वाधार तथा सेवाहरुको बिषयमा प्रत्यक्ष अवलोकन गरेर जानकारी लिनुभएको हो ।
अवलोकनका क्रममा सामान लोड अनलोडको प्रक्रिया, सामानहरु सिपमा व्यवस्थापन गर्ने प्रक्रिया लगायतका बिषयमा जानकारी लिनुभएको मन्त्री भण्डारीको सचिवालयले जनाएको छ ।
विसाखापटनमबाट बिरगन्ज सम्म रेलको दुरिका हिसाबले टाढा भएपनि पानिजहाजबाट ढुवानी गरिने हुदाँ सस्तो मै ढुवानी हुने पोर्ट नियमनकारी निकायको भनाई छ । मन्त्री भण्डारीले आयातनिर्यातका क्रममा लजेस्टीकमा बढी रकम खर्च भैरहेको बिषयमा ध्यानाकर्षण गराउनुभएको छ । त्यसको सहजीकरणका लागि आगामी दिनमा सरकारसंग समन्वय गरिने पोर्ट नियमनकारी निकायको भनाई छ ।
आयात निर्यातमा प्रक्रियागत सरलीकरण गर्न र ढुवानी लागत घटाउने बिषयमा छलफल केन्द्रीत रहेको मन्त्री भण्डारीको सचिवालयले जनाएको छ ।
तेस्रो मुलुकसँगको कारोबारका लागि नेपाललाई भारतले उपलब्ध गराएको बिसाखापटनम पोर्टको अवलोकन गरि पोर्टको नियमनकारी निकाय र सिपिङ कम्पनीहरुसंग अन्तरक्रिया आयोजना गरिएको हो ।
प्रतिक्रिया