समाचार

ब्लड क्यान्सर पिडित सविनाको अपिल,

ब्लड क्यान्सर पिडित सविना लामाले आर्थिक सहयोगका लागि अपिल गर्नुभएको छ । नुवाकोट जिल्ला ककनी गाउँपालिक वडा ४ हुलाकी छहरे निवासी प्रताप लामा को श्रीमती सबिना लामा लाई ब्लड क्यान्सर जस्तो प्रण घातक रोग लागी मृत्यु संग टिचिङ हस्पिटल मा लडिरहेको र परिवारको आर्थिक अवस्था एकदमै कमजोर रहेको र आफुले सके जति सर सापटी गरेर पनि उपचार सम्भव नभएको ले सबै मनकारी सहयोगि भावना भएको सहयोगि मन हरूलाई सहयोगको अपिल गर्नुभएको हो । हजुर हरुको सानो सहयोग पाए भने बाच्ने झिनो आशा बोकेकि छिन् सविनाले ,यदि कसैले सहयोग गर्न चाहानु हुन्छ भने बिरामीको श्रीमान् प्रताप सिङ लामा को सिद्धार्थ बैंक को क्युर कोट मा सहयोग गर्न सक्नुहुन्छ । सम्पर्क गर्न चाहानुहुन्छ भने सम्पर्क न:9866793529 मा फोन गर्न सक्नुहुन्छ ।