काठमाण्डौ । मदन भण्डारी मेमोरियल कलेजले असोज ११ देखि असोज १३ गतेसम्म ३ दिने ह्याकाथन प्रतिष्पर्धा “एमबिएमसी आइडिया एक्स २०२४” आयोजना गर्ने भएको छ । आज कलेजको सभाहलमा भएको प्रत्रकार सम्मेलनमा क्याम्पस प्रमुख डा। बाबुराम अधिकारीले जानकारी दिनुभएको हो । पहिलो संस्करण गत वर्ष २०८० असोज १९ देखि २१ गतेसम्म सञ्चालन भएको थियो। उक्त संस्करणमा आदिवासी भाषाहरूको संरक्षण, प्रवर्द्धन र पुनरुत्थान गर्ने लक्ष्य राखिएको थियो । ‘भाषा जीवन हो, जीवन नै भाषा हो’ भन्ने मूल नाराका साथ संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संङ्गठन (युनेस्को) नेपालसँगको सहकार्यमा देशभरिबाट ५० भन्दा बढी प्रतिस्पर्धीहरूको सहभागितामा ४८ घण्टाको अनसाइट ह्याकाथन सम्पन्न गरिएको थियो।
सोही कार्यक्रमको दोस्रो संस्करणस्वरुप यस प्रतिस्पर्धामा नेपाल तथा भारतका १ सयभन्दा बढी सूचना प्रविधि विषय अध्ययनरत विद्यार्थीहरूले वातावरण प्रविधि, स्वास्थ्य र पहुँच, विकेन्द्रीकरण, साइबर सुरक्षा, पर्यटन, वित्तीय प्रविधि, कृषि प्रविधि लगायतका विधाहरूमा आधारित रही खोज तथा अन्वेषण गरी आ-आफ्नो प्रतिभा देखाउने क्याम्पस प्रमुख डा। अधिकारीले बताउनुभयो । ह्याकाथनमा नेपाल र विदेशका गरि कुल २३ टिम सहभागी रहने छन । जसमा एक सय भन्दा बढि विद्यार्थीको सहभागीता रहने छ । प्रतिष्पर्धाबाट ६ ओटा बिभिन्न विधामा आधारित रहि विजेत चयन गरिने क्याम्पस प्रमुख अधिकारीले बताउनुभयो । विधागत विजेता र समग्र विजेतालाई दश हजार र पाँच हजार नगद सहित प्रमाणपत्र प्रदान गरिने छ। कार्यक्रम ११ गतेबाट सुरु हुने छ । प्रमुख अतिथी क्याम्पसका अध्यक्ष महेन्द्र बहादुर पाण्डेले कार्यक्रमको उद्घाटन गर्नुहुनेछ ।
कलेजका विज्ञान तथा प्रविधी विभागका प्रमुख फूलबाबू झाका अनुसार कार्यक्रम अवधीभर सबै सहभागीहरुले विशेषज्ञहरुसँग अन्तरक्रिया गरी एकआपसमा नयाँ विचारहरुको सिजर्ना गर्नेछन् । उहाँले भन्नुभयो,”ह्याकथनको नयाँ थिम आइडिया एक्स भनेर राखिएता पनि यो ह्याकथन नै हो तर नयाँ नयाँ आइडिया जेनेरेट गरी आइडिया एक्सको रुपमा विकास गर्ने लक्ष्य लिएका छौँ । यसमा टेक्नोलोजी सम्बन्धी मानिसहरु ग्रुप बनाएर आउँछन् । जसमा आइटीको, म्यानेजमेन्टको, अकाउन्टको मान्छे पनि हुनसक्छ । त्यसरी एउटा कोर टिम बनाएर कुनै एउटा सोल्युसन दिइन्छ । त्यो सोल्युसन ४८ घण्टामा यही बसेर बनाइसक्नुपर्छ ।” उहाँका अनुसार तीनवटा थिमभित्र रहेर प्रतिस्पर्धी विद्यार्थीहरुले सोल्युसन निकाल्नुपर्नेछ । ६ वटा विभिन्न विधामा आधारित रही विजेताहरु चयन गरिनेछ र सबै विधाहरुबाट समग्र विजेता चयन गरिनेछ । यस प्रतिष्पर्धालाई कलेजले नवप्रवर्तक र परिवर्तनका सम्वाहकहरुका लागि एउटा सुनौलो अवसरका रुपमा लिएको क्याम्पस प्रमुख डा। अधिकारीले बताउनुभयो ।
प्रतिक्रिया