काठमाडौं, सेप्टेम्बर ३०, किफायती दाममा नवीनतम प्रविधिको पर्याय टेक्नोले आफ्नो नयाँ फोन टेक्नो स्पार्क ३० सी बजारमा ल्याएको छ । जेन जी, कलेजका विद्यार्थीहरू र ट्रेन्डसेटरहरूका लागि डिजाइन गरिएको यो फोनको स्ट्यान्डआउट डिजाइन,अल्ट्रा स्मूद कार्यशीलता, र अत्याधुनिक सुविधाहरूले एक आकर्षक प्याक प्रदान गर्दछ, जसको सुरुवाती मूल्य मात्र रु १६४९० (६+१२८ जीबि) र रु १९९९० (८+ २५६ जीबि) रहेको छ । आफ्नो बैंक ब्यालेन्स नरित्याइ उत्कृष्ट डिजाइन, स्पीड र स्मार्ट टेक्नोलोजी चाहनेहरुका लागि यो बब्बाल च्वाइस बनेको छ । सेप्टेम्बर ३० देखि अनलाइन र अफलाइन दुवै बजारमा आउने स्पार्क ३० सी एउटा फोन मात्र होइन, पूरै गेम चेन्जर पनि हो ! १२० हर्ट्ज स्मूद डिस्प्ले, ५० एमपी एचडी प्राइमरी क्यामेरा, र डुअल सिमेट्रिकल स्पिकरहरू जस्ता सेगमेन्ट फर्स्ट सुविधाहरूका साथ यो फोन ननस्टप एक्शनको लागि डिजाइन गरिएको हो । साथै, यसको ५००० mAh ब्याट्रीले त तपाइँलाई सधैं पावर अप भएको सुनिश्चित गर्दछ चाहे गेमिङ गर्दा होस वा रमाइला पलहरुको फोटो क्लीक गर्दा वा स्ट्रिमिङ ।
टेक्नो नेपालका नेशनल पार्टनर श्री सन्तोष भण्डारीले आफ्नो उत्साह व्यक्त गर्दै भन्नुभयो, “टेक्नो स्पार्क ३० सीले नवीनता, स्टाइल र उत्कृष्ट काम गर्ने फोन प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई मूर्त रूप दिएको छ । ५० एमपी प्राइमरी क्यामेरा र ५००० mAh ब्याट्री सहितको यो फोन टेक्नोलोजीमा सचेत, उत्कृष्ट स्टाइल र समय सापेक्ष चल्ने युवाहरुका लागि सबैभन्दा राम्रो च्वाइस हो जसले उनीहरुलाई भीड भन्दा पर खास पहिचान दिलाउँछ ।” टेक्नो मोबाइल इन्डियाका सीईओ अरिजित तलपात्रा भन्नुहुन्छ, “आफ्नो स्थापनाकालदेखि नै टेक्नो आफ्ना ग्राहकहरुका लागि स्मार्ट र पहुँचयोग्य सामाग्रीहरु बनाउन समर्पित छ। ५० एमपी एचडी क्यामेरा र १२० हर्ट्जको डिस्प्ले भएको, स्पार्क ३० सी युवाहरूको गतिशील जीवनशैली प्रतिबिम्बित गर्दै उनीहरुलाई सधैँ कनेक्टेड राख्न डिजाइन गरिएको हो।
टेक्नो स्पार्क ३० सी लाई कुन कुराले बब्बाल च्वाइसको फोन बनाउँछ?
१. बब्बाल डिस्प्ले: ६.६७” एचडी+Dot का साथ १२० हर्ट्ज स्मूद डिस्प्लेले, स्पार्क ३० सीलाई एक अतुलनीय सहज स्क्रोलिङ र हेर्ने अनुभव प्रदान गर्दछ। एपहरू बीच स्विच गर्दा वा भिडियोहरू हेर्दा, डिस्प्ले प्रतिक्रियाशील रहन्छ जसले यसलाई डिजिटल गेमिङ वा मल्टिटास्किङका लागि उत्कृष्ट बनाउँछ।
२. बब्बाल कार्यशीलता: G81 अक्टा-कोर प्रोसेसरले शीर्ष-स्तरीय कार्य सुनिश्चित गर्छ, जबकि २५६ जीबि सम्म स्टोरेज र १२ जिबी विस्तारित र्यामले छिटो मल्टिटास्किङको ग्यारेन्टी दिन्छ। स्पार्क ३०सीले तीव्र गेमिङ सेसनदेखि एचडी भिडियो इडिटिङसम्म तपाईंको जीवनशैलीसँग तालमेल राख्छ ।
३. बब्बाल क्यामेरा अनुभव: यसमा ५० एमपी प्राइमरी क्यामेराको साथ आफ्नो संसारलाई क्रिस्प विवरणमा खिच्न मिल्छ र ८ एमपी ग्लोइंग सेल्फी क्यामेराको साथ सहज सेल्फी अनुभवको आनन्द लिन सकिन्छ। उज्यालो शूटिङले तपाइँलाई हरेक पटक उत्कृष्ट शट सुनिश्चित गर्दछ ।
४ . बब्बाल सुविधा: इन्फ्रारेड रिमोट कन्ट्रोल सुविधा भएको, स्पार्क ३० सीले तपाइँलाई तपाइँको घरको डिभाइसहरुलाई नियन्त्रण गर्न मदत गर्छ । साथै डबल सिमेट्रिकल स्पिकरहरूको साथमा, तपाईंको मनपर्ने धुनहरू, गेमिङ वा स्ट्रिमिङ गर्दा ठूलो र स्पष्ट अडियोको आनन्द पाउन सक्नुहुनेछ।
बब्बाल डिल:
६+१२८ जीबि भेरियन्टको लागि १६,४९० रुपैयाँ र ८+२५६ जीबि को लागि १९,९९० को मूल्यमा, टेक्नो स्पार्क ३० सी अर्बिट ब्ल्याक, अर्बिट ह्वाइट र म्याजिक स्किन ग्रीनमा उपलब्ध छन् । “च्वाइस छ बब्बाल” फोन सेप्टेम्बर ३० मा नेपालभर अनलाइन र अफलाइन स्टोरहरूमा बजारमा आउँदैछ। यो फोन हात पारि नेक्स्ट लेभलको आनन्दको अनुभव अवश्य गर्नुहोला !
मिडियासम्पर्कहरू
मनिष अधिकारी :९८५१०३७९६२, [email protected]
प्रमिला कटवाल :९८०४६७००६७, [email protected]
टेक्नोकोबारेमा
टेक्नो ७० भन्दा बढी देश र पाँच महादेशका क्षेत्रहरूमा रहेको एक नवीन प्रविधिको ब्रान्ड हो। सुरुवात भएदेखि नै, टेक्नोले उदीयमान विश्व बजारहरूमा उल्लेखनीय डिजिटल अनुभव प्रदान गर्दै आएको छ । यसले नवीनतम प्रविधिहरू, आकर्षक डिजाइन र उत्कृष्ट संघटनका लागि निरन्तर जोड दिँदै आएको छ। आज, टेक्नोले स्मार्टफोन,स्मार्ट वियरेबल्स, ल्यापटप, ट्याब्लेट HiOS अपरेटिङ सिस्टम र स्मार्ट होम उत्पादनहरूको विस्तृत श्रृंखला मार्फत अत्याधुनिक आविष्कारहरू प्रदान गर्दै आफ्नो लक्षित बजारहरूमा एक मान्यता प्राप्त नेतृत्व विकास गरेको छ। “स्टप एट नथिङ” भन्ने नाराका साथ टेक्नो उत्कृष्ट र नयाँ प्रविधिहरू अनलक गर्न प्रतिबद्ध रहेको छ। स्टाइलिश र बौद्धिक उत्पादनहरु संगै टेक्नोले विश्वभरका उपभोक्ताहरूलाई आफ्नो उत्कृष्ट शैली र उत्कृष्ट भविष्यको लागि निरन्तर अग्रसर रहन प्रेरित गर्दछ।
थप जानकारीको लागि, टेक्नोको आधिकारिक साइट–
https://www.tecno-mobile.com/np/
प्रतिक्रिया