खेलकुद

जुनियर अन्तरविद्यालय फुटसल प्रतियोगिता स्वस्तिश्रीमा सम्प

काठमाडौँ -स्वस्तिश्री गुरुकुल आई.बी.वल्र्ड स्कुल, सानो भर्यांङ्ले आयोजना गरेको पाचौँ एस.जी जुनियर अन्तरविद्यालय फुटसल प्रतियोगिता २०८१ शनिवार सुरु भई आइतबार सम्पन्न भएको छ । खेलप्रेमी विद्यार्थीहरूका लागि खेलकुदप्रति आकर्षित बनाउने उद्देश्यले टुर्नामेन्टको आयोजना गरिएको प्रतियोगितामा काठमाडौँ उपत्यका १० विद्यालयका १८० विद्यार्थी खेलाडीहरुको सहभागिता रहेको थियो ।

शनिवार सुरुवाती चरणका खेलहरु भएको थियो भने आइतबार तेस्रो स्थानको लागि भएको पहिलो चरणको खेलमा अन्डर ६ उमेर समूह अन्तरर्गत क्रमशः उज्ज्वल ताराले स्वस्तिश्री गुरुकुल (टिम सी) लाई ४–१ अन्तर, अन्डर ७ उमेर समूह खेलमा स्वस्तिश्री गुरुकुल (ए टिम ) ले स्वस्तिश्री गुरुकुल (बी टिम ) लाई ३–० अन्तर र अन्डर ८ उमेर समूह अन्तर्गतको खेलमा एक्सेलसियर स्कुलले रातो बङ्गला स्कुललाई १–० को अन्तरले पछि पार्दै तेस्रो स्थान हासिल गर्न सफल भए । यसैगरी पहिलो र दोस्रो स्थानको खेलमा अन्डर ६ उमेर समूह अन्तरर्गत स्वस्तिश्री गुरुकुल (ए टिम) ले स्वस्तिश्री गुरुकुल (टिम बी) लाई २–० को अन्तरले पछि पर्दै पहिलो स्थान हासिल गर्यो भने स्वस्तिश्री गुरुकुल (बी टिम) ले दोस्रो स्थानमा चित्त बुझायो । यस्तै अन्डर ७ उमेर समूह को फाइन खेलमा रातो बङ्गला स्कुलले टाइब्रेकरमा जेभियर स्कुललाई ३–२ को अन्तरले पछि पार्दै पहिलो स्थानको उपाधि आफ्नो पोल्टामा पार्यो भने जेभियर स्कुलले दोस्रो स्थान हासिल गर्यो । यसैगरी अन्डर ८ उमेर समूह अन्तर्गत तेस्रो फाइन खेलमा स्वस्तिश्री गुरुकुलले टाइब्रेकरमार्फत पाठशाला फाउन्डेसन स्कुललाई ७–६ को अन्तरले हराउँदै पहिलो हुन सफल भयो भने पाठशाला नेपाल दोस्रो भयो ।

मेडल ट्रफी वितरण समारोहमा विद्यालयकी प्रधानाध्यापक नेहा के.सीले सहभागी खेलाडीहरूलाई बधाईं दिदै खेल जीवनको महत्वपूर्ण अङ्ग रहेको साथै साना वालवालिकाहरुलाई अहिलेबाटै फुटबल संस्कार सिकाउने उदेश्यले स्वस्तिश्री गुरुकुल आई.बी.वल्र्ड स्कुलले अन्तर विद्यालय फुटसल प्रतियोगिता आयोजना गर्नुको उदेश्य प्रष्ट पार्नुभएको थियो । विद्यालयकी प्रबन्ध निर्देशक मिना महर्जन र प्रधानाध्यापक नेहा के.सी र अन्य विद्यालयबाट उपस्थित अतिथिहरुले बिजेताहरुलाई मेडल ट्रफी वितरण गर्नुभयो । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीको उपाधि अन्डर ६ उमेर समूह अन्तर्गत, स्वस्तिश्री गुरुकुलका सम्वेग मान सिङ बस्नेत, अन्डर ७ उमेर समूह अन्तर्गत जेभियर इन्टरनेशनल स्कुलका कुशल गजमेर र अन्डर ७ उमेर समूह अन्तर्गत स्वस्तिश्री गुरुकुलका क्षमता नेपाल, सर्वोत्कृष्ट गोलकर्ता अन्डर ६ उमेर समूह अन्तर्गत स्वस्तिश्री गुरुकुलका श्रीयंश गजुरेल, अन्डर ७ उमेर समूह अन्तर्गत रातो बङ्गला स्कुलका नोरसेन लामा र अन्डर ८ उमेर समूह अन्तर्गत एक्सेलसियर स्कुलका सनिश राजौरे घोसित भए । यस्तै उत्कृष्ट गोलकर्तामा अन्डर ६ उमेर समूह अन्तर्गत, स्वस्तिश्री गुरुकुलका सनय अग्रवाल अन्डर ७ उमेर समूह अन्तर्गत रातो बङ्गला स्कुलका सहर्ष चन्द श्रेष्ठ र अन्डर ८ उमेर समूह अन्तर्गत स्वस्तिश्री गुरुकुलका सोनाम गुरुङ भए । फेयर प्ले टिम लाइफ स्कुलले प्राप्त गर्यो ।