राजनीति

सडकलाई समृद्धीसँग जोड्नु पर्नेमा मन्त्री दाहालको जोड

काठमाडौ। १५ पुष, तिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सडक तथा संरचनाहरुलाई आर्थिक समृद्धीसँग जोड्नु पर्ने बताउनु भएको छ । सडक वोर्ड नेपालको २२ औ स्थापना दिवशको अवसरमा सोमबार वोर्डमा आयोजीत कार्यक्रममा उहाँले सडक तथा पूर्वाधारलाई आर्थिक समृद्धीसँग जोड्न आवश्यक रहेको बताउनु भयो । अब बन्ने संरचनाहरुले देशको समृद्धी यात्रामा कति महत्व राख्छन् भन्ने विषयलाई ध्यान दिन जरुरी रहेको उहाँको भनाई थियो । नेपाल अझै पनि निर्माणकै चरणमा रहेको उल्लेख गर्दै मन्त्री दाहालले अब बन्ने संरचनाहरुलाई दिगो, सुरक्षित र उपयोगी बनाउने तर्फ ध्यान दिनु पर्ने बताउनु भयो । जनजीविका, राजश्व संककल, आर्थिक क्रियाकलाप तथा वृहत जनसंख्या र भुगोललाई प्रत्यक्ष फाईदा पु¥याउने योजनाहरुमा मन्त्रालयले प्राथमिकता दिएको भन्दै मन्त्री दाहालले अब कुनै पनि संरचना निर्माण गर्दा प्राथमिकता निर्धारण गर्नु पर्ने समेत बताउनुभयो । कार्यक्रममा मन्त्री दाहालले सडक वोर्ड अन्तर्गत रहेका रुग्ण ठेक्काहरुको शिघ्र व्यवस्थापन गर्न निर्देशन दिँदै सडक मर्मतसँगै अनुगमनलाई समेत प्रभावकारी बनाउन आग्रह गर्नु भयो ।

वोर्डका अध्यक्ष मन्त्रालयका सचिव केशवकुमार शर्माको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारीले आर्थिक वृद्धीको प्रमुख आधार सडक समेत भएकाले आर्थिक विकास र वृद्धीलाई सहयोग पुग्ने गरि सडक सञ्जाल विस्तार गर्नु पर्ने बताउनु भयो । पूर्वाधारमा गरिएको लगानीले दिर्घकालिन प्रतिफल दिने भएकाले कुनै पनि पूर्वाधार तथा संरचना निर्माण गर्दा स्थायित्व र गुणस्तरमा पनि ध्यान दिनु पर्नेमा उहाँले जोड दिनुभयो । वोर्डका कार्यकारी निर्देशक गणेश केसीले वोर्डलाई स्वायत्त बनाउने तर्फ सरकारको ध्यान जानु पर्ने बताउनु भएको थियो भने कार्यक्रममा वोर्डका पूर्व सदस्यहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा वोर्डको गत आर्थिक वर्षको प्रतिवेदन समेत सार्वजनिक गरिएको थियो ।