एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्डको आठौं संस्करण अमेरिकाको कोलोराडो आगामी २०२५ अगस्ट ९ तारिखका दिन अमेरिकाको कोलोराडोस्थित बोल्डरमा हुने भएको छ । काठमाडौंमा आयोजित विशेष समारोहका बीच ग्लोबल नेपाली फिल्म अवार्डको आठौं संस्करणको मिति घोषणा गरिएको हो । नेपाल सरकार बागमती प्रदेशका माननीय मन्त्री मदुकुमार श्रेष्ठ र नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको विशेष उपस्थितिमा गत सेप्टेम्बर १५ मा न्यूयोर्कमा सम्पन्न सातौं संस्ककरणको औपचारिक समापन र आठौं संस्करणको मिति घोषणा गरिएको हो ।
ग्लोबल नेपाली फिल्म अवार्ड यूएसएको अध्यक्षमा नायक नवराज श्रेष्ठले उपस्थित सम्पूर्णलाई स्वागत गर्दै ८औं ‘एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड २०२५’ कार्यक्रमको घोषणा गरेका हुन् । उक्त कार्यक्रम नेपाल फिल्म सोसाइटीका केन्द्रीय अध्यक्ष कृष्ण मल्लको सभापतित्वमा भएको थियो । ‘नेपाली फिल्म भिलेज टु ग्लोब’ भन्ने नारासहित आयोजना हुन लागेको ८औं ‘एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड २०२५’ फिल्मकर्मीलाई सम्मान, पुरस्कार र प्रोत्साहन गर्ने हेतुले विगतदेखिनै आयोजना हुँदै आएको कार्यक्रमको निरन्तरता भएको नेपाल फिल्म सोसाइटीका केन्द्रीय अध्यक्ष मल्लले बताए । संसारभर छरिएर बसेका नेपाली चलचित्रकर्मी तथा कलाकारहरूलाई एउटै स्थानमा जमघट गराएर नेपाली मौलिक कला, संस्कृतिलाई संसारभर परिचित गराउने उद्देश्य अवार्डको रहेको उनले बताए ।
प्रतिक्रिया