साराको तरकारी छ्न बारीमा
युवा श्रम सबै छन खाडिमा
पैसा जति सबै स्वाहा,
सरकारी गाडीमा
🖋🖋
खाद्यवाली सबै नष्ट भयो झरीमा
भोकै मर्न लागि सके यहाका जनताहरु
कसो गरि बाच्ने हो यो महामारिमा
🖋🖋
उपभोक्त परे महँगाइको मारमा
निर्यात बढ्दै गयो भारतमा
नेपाली किसान पर्दै गए पिरमा
खै कसरी पार लाग्ला?
डेङ्गु र कोरोनाको महामारिमा
🖋🖋
देशलाई आइपर्दा पछि हट्नेले,
भ्रष्टाचार ले कहिल्यै नभरिने पेटले
के बुझुन गरिवको पेट्को आन्दोलन
यो देशको सन्त्रास र भोकमरिमा
🖋🖋
सबै जनता छ्न घर बन्दिमा
देश चलेको छ आर्थिक मन्दिमा
खै सुन्दैछु बढ्दै छ करको दर भनेर
नेतृत्व लाग्यो केवल एमसिसी सन्धिमा
🖋🖋
मोबाइलको टावर पनि मुस्किलले टिप्ने ठाउँमा
अनलाइन कक्षा कसरी संचालन होला यो गाउँमा ?
तेसैले हामी विद्यार्थी पर्दैछौ मारमा
हृदय देखि बुझिदेउन मर्म सारमा
🖋🖋
राहत त दियौं तिमिले केवल तस्बिरमा
रङ्ग मन्च देखायौ गरिवको तक्दिरमा
परिवारको पेट्को सवाल ठूलो हुदा
जे दियौं तेहि लियौ यो बाध्यतामा
🖋🖋
देशको बाग्डोर अस्तव्यस्त भएको सुन्दा
मातृभुमिको अवस्था देखेर म परे तनावमा
खै कसलाई भोट दिने अब आउने चुनावमा!?
हे भगवान अब तिमी नै पार लगाउ यो घडीमा
12 February 2025 16:16 PM | UPDATED 1 month ago
प्रतिक्रिया