रुपन्देही । रुपन्देहीमा छरिएर रहेका नर्सरी व्यवसायीहरुलाई संगठीत गर्ने उद्देश्यले नर्सरी व्यवसायी संघ नेपाल रुपन्देही गठन भएको छ । जिल्लाका विभिन्न स्थानीय तहमा रहेका व्यवसायीहरुको रुपन्देहीको बुटवलमा भएको भेलाले गोपाल खरेल अध्यक्ष रहेको जिल्ला कार्य समिति गठन गरेको हो । यस्तै, संघको उपाध्यक्षमा कृष्णबहादुर गुरुङ, कोषाध्यक्षमा मिलन पन्थी, सचिवमा गोपालप्रसाद पाण्डे र सह – सचिवमा दिलिपकुमार चौधरी रहेका छन् । त्यसैगरी, सदस्यहरुमा मधुकुमारी भट्टरराई, भुवनेश्वर न्यौपाने, उत्सव गैरे, गोकर्णराज पैनी, दीपक पन्त र दीपक भगत माली रहेका छन् ।
त्यस्तै, भेलाको उद्घाटनमा बोल्दै नर्सरी व्यवसायी संघ नेपालका अध्यक्ष रामजीप्रसाद तिमिल्सेना, वरिष्ठ उपाध्यक्ष रविनकुमार गौतम, महा – सचिव विनोद घिमिरेलगायतले विभिन्न क्षेत्रका नर्सरी व्यवसायीहरुलाई एउटै छाताभित्र गोलबन्द गरी व्यवसायिक हक हित र व्यवसाय प्रवद्र्धनका लागि संगठित भएर अघि बढ्नु पर्नेमा जोड दिएका थिए । नेपालमा करिब १० हजार नर्सरी व्यवसायी रहेका र वार्षिक १० अर्ब बढीको कारोबार हुने गरेको अनुमानित तथ्यांक छ । जसमध्ये फूल, बिउसहित १ अर्ब बढीको नर्सरीजन्य वस्तु आयात हुने गरेको छ । नर्सरी व्यवसायको प्रवद्र्धन र विकासले वातावरण र पर्यावरण संरक्षण तथा ठाउँको सौन्दर्यीकरणमा टेवा पुग्छ ।
प्रतिक्रिया