हे इश्वर तिमिले नारी बनायौ
प्रकृतिको अनुपम उपहार बनायौ
यो सृष्टिको सन्तुलन कायम गर्न
माया ममता करुणाको खानी बनायौ
जति पिडा जति दु:ख परेपनी आफुमा
मुसुक्क हासी सबैको लागि खुसी हुने बनायौ
अन्यायी पनि न्याय मानी स्वीकार गर्ने बनायौ
उनको हरेक लगाइ खवाइमा प्रश्न उठेता पनि
समाजको रित मानी पिजडाको कैदि हुने बनायौ
जस्तो अवस्था पनि सहनशील, धैर्य हुने बनायौ
आफुलाइ बिर्सियर अरुलाइ बनाउने पात्र
आफू मरेर अरुलाइ जीवन दिने बनायौ
आफ्नो खुसी अरुको खुसिमा खोज्ने बनायौ
धर्म र समाजको नाममा सबै रितिरिवाज पालन गरि
भुमिका हुने भएपनि भुमिका नहुने बनायौ
मूर्ति पुज्ने तर जिउदा देवि नपुज्ने बनायौ
कति दाइजो, कुसंस्कार र करणीमा पिल्सिएर मरे
न्यायको ढोकामा गइ भिख माग्ने बनायौ
आफ्नै जिवनको आहुती दिई बाच्ने बनायौ
हे भगवान तिम्रो सृष्टि गलत त होइन
यहाँ कर्म गर्ने मानवको गलत दृष्टि बनायौ
सबैलाइ समान अवसर दिने सुन्दर सृष्टि बनायौ
धन्य हो भगवान तिमिले नारी बनायौ।
प्रतिक्रिया