ललितपुर, – सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीले शुक्रबार ‘शैक्षिक प्रदर्शनी –२०८१’ सम्पन्न गरेको छ। ललितपुर महानगरपालिका शिक्षा महाशाखाका प्रमुख देवी प्रसाद उपाध्यायको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थीहरूको शैक्षिक, व्यवहारिक तथा सृजनशीलताको विकासलाई प्रवर्द्धन गर्ने उद्देश्य राखिएको थियो कार्यक्रममा प्रमुख अतिथि उपाध्यायले यस्ता प्रदर्शनीले विद्यार्थीलाई सिर्जनशील बनाउने उल्लेख गर्दै सफलता प्राप्त गर्न निरन्तर प्रयास आवश्यक पर्ने धारणा व्यक्त गरे। उनले विद्यार्थीहरूले अध्ययन तथा अन्य क्षेत्रमा कहिल्यै प्रयास गर्न छोड्नु नहुने सल्लाह दिए। विद्यालयका संस्थापक प्रिन्सिपल डीके ढुंगानाले विद्यार्थीहरूको ज्ञान तथा सीप विकासलाई प्राथमिकतामा राख्दै विद्यालयले आफ्नो भूमिका मजबुत बनाउने बताए। कार्यक्रममा २ हजारभन्दा बढी अभिभावक र १ हजारभन्दा बढी विद्यार्थीको सहभागिता रहेको विद्यालयले जनाएको छ।
08 March 2025 19:27 PM | UPDATED 3 days ago
प्रतिक्रिया