Breaking

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानलाई

काठमाडौँ- ‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाएकी छन् । आइतबार नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा प्रमुख अतिथि मदन कृष्ण श्रेष्ठले उक्त पुरस्कार मोक्तानलाई प्रदान गरेका हुन् । मोक्तानलाई प्रमाणपत्र र ४० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको थियो । प्रमुख अतिथि मदन कृष्ण श्रेष्ठले स्वर सम्राट नारायण गोपाल श्रेष्ठसँग बिताएका र नारायण गोपालसँग विभिन्न कार्यक्रममा सँगै प्रस्तुति दिनु परेको बताए ।

उनले नारायणगोपालसँग बिताएका विभिन्न रमाइला पलहरूको बारेमा पुराना यादहरू विभिन्न सांगीतिक यात्रामा बिताएका रमाइला रमाइला किस्साहरु सुनाई दर्शकहरुलाई हँसाएका थिए । उनले नारायणगोपालसँग बिताएका तीता मिठा अनुभवहरू पनि बताए । त्यसैगरी कार्यक्रमको बारेमा राष्ट्रिय युवा कोषको बारेमा र यसले गरेका काम कर्तव्यहरूको जानकारी र कार्यक्रमको बारेमा जानकारी सदस्य सचिव डाक्टर विष्णुबहादुर भण्डारी बताएका थिए । कार्यक्रमको समापन अध्यक्ष शंकरबहादुर पाण्डेज्यूले सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरेका थिए । कार्यक्रममा नारायण गोपालका गीतहरू रिवाज सिंह, काजल, शाहील एड्रीयन, भीम लिम्बु र मिलन परियारले गाएका थिए ।