शिलापत्र मल्टिमिडियामार्फत गहन विषयमा पनि सरल प्रस्तुति दिने क्षमता र सोसल मिडियामा फैलाइएका मिथ्या सूचना चिर्ने रिपोर्टिङका लागि कुँवरलाई अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ । बिहीबार नेपाल पर्यटन बोर्डमा आयोजित विशेष समारोहमा आयोजकहरू मिडिया इन्टरनेसनलका अध्यक्ष माधव निर्दोष, प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगर र बागमती प्रदेशका पूर्वमुख्यमन्त्री एवम् प्रतिनिधिसभा सांसद राजेन्द्र पाण्डेले कुँवरलाई सम्मान–पत्र प्रदान गरे ।
५ वर्षदेखि शिलापत्र डटकममा आवद्ध कुँवरले विशेषतः सोसल मिडिया, बालबालिका र अल्पसंख्या समुदायबारे रिपोर्टिङ गर्दै आएका छन् । यसअघि गत १३ चैतमा उनी राष्ट्रिय डिजिटल पत्रकारिता अवार्ड २०८१ बाट सम्मानित भएका थिए । नेसनल क्यापिटल अवार्डअन्तर्गत विभिन्न क्षेत्रमा योगदान पुर्याएका समाजसेवी, कलाकर्मी र व्यवसायीलाई पनि सम्मान गरिएको छ ।
प्रतिक्रिया