Breaking

आउँदा दूध नआउँदा रगत पिलायौं आमा

अन्त्यमा आमाको साहारा बाबा र बाबाको साहारा आमा बनेर बस्नु परेको छ ।यसमा एकल आमा र एकल बाबाहरूलाई त झन धेरै गाहृो हुन्छ जीवन बिताउनलाई त्यसैले एकल रहनुभएको बाबाआमालाई एक्लोपन महसुस कुनै पनि सन्तानले नगराईदिनुस म आग्रह गर्न चाहान्छु । तर मैले यति भनिरहदाँ जिम्मेवारी बहन गर्ने ब्यक्ति ले आफ्नो जिम्मेवारी पूरा गर्छन् या गर्दैनन् थाहा छैन । तर समयमै आमाबाबाको मनोकांक्षा बुझे पछि पछुताउनु पर्दैन भन्ने हो । तर कोहि सन्तानको रूपमा दानव भएका हुन्छन् । आमाबाबाको मन छोराछोरी माथि छोराछोरीको मन ढुंगा माथि भनेझैं ,,आफ्नो सन्तान आफ्नो भईदिदैन ।दुख गरि हुर्काउनदा नि कोहि सन्तान बाट सुख र खुसिको अनुभव गर्न पाउदैन ।कतिपय घटना हामिले सुन्दै आईरहेका छौ ।कतै आफ्नै छोरालेआमाको हत्या गरि घरभित्रै गाडेको ,कतै बाबालाई छोराले खुकुरी प्रहार गरेको ,कतै मदिरा सेवन गरि आमाबाबा घर बाट निकालिएको त कतै आफ्नै सन्तानले बुढेलकालमा बृद्ध आश्रम लगेर राखेको । हे भगवान यो दिन देख्नलाई होला त ती आमाले दुख गरि जन्मेर हुर्काको के थाहा ती बिचरा बा आमालाई यी दिन आँउछ भनेर ,अनि आमाहरू आफ्नो दुख पोखाउनुहुन्छ । हे भगवान यस्ता सन्तान हुनु भन्दा कोख नै रित्तो होस । ‘भए सय शोक नभए एकै शोक’भन्नुहुन्छ । आजभोलि सामाजिक सञ्जालतिर सन्तान नहुनेको पीडा पनि पोखिरहनु भएको हुन्छ ।कसैलाई नभएको पीडा ,कसैलाई भएको सन्तान गतिलो नभएर पीडा छ ,पीडा नै पिडामा बाँच्नु पर्ने हामी मानिसहरू ,तर म पनि भन्छु हे भगवान कि सन्तान नै नहोस ,सन्तान भएपछि आमाबाबाको साहारा भैदियोस ।सबैलाई आग्रह गर्छु ।

आमाको माया

जब म आमा बने अनि मात्र अझ धेरै बुझे कि आफ्नो सन्तानको यति धेरै माया लाग्छ भनेर यति धेरै जिम्मेवारी हुनुपर्छ भनेर जुन कुरा मैले कल्पना समेत गरेकि थिईन ।आमा भनेको साँच्चै ईश्वर को दोश्रो रूप हुन् ।आमाको माया अनुभुती गर्न साँच्चै आमा नै बन्नुपर्छ ।अनि मात्र आमाले आफ्नो सन्तानलाई कति माया गर्नुहुन्छ अनुभव गर्न सकिन्छ ।एउटि आमा र बाबाले सन्तानलाई हुर्काउन रोग,भोक,तिर्खा,निन्दा ,सपना र उद्वेश्य सबै गुमाई आफ्नो जीवन नै सुम्पिएर अहरात्र खटिनुपर्दो रहेछ ।सन्तानको खुसिको लागि जतिसुकै कठिन परिस्थिति पनि सामाना गर्न सक्ने एक महान आमा हुन् ।

अहिलेको परिस्थिति

समाजको रित नै यस्तै त छोरी भए पराई घर छोरा भए जागिर या विदेश अनि आमाबाबा को दुख जस्ताको तेस्तै , गाउघरमा हेर्ने हो भने बालबच्चा र बुढाबुढि बाहेक घरमा कोहि भेटिदैन ,फोनमा कुरा गरेर मन बुझाउनु पर्छ ।यो भनिरहदा केही समय अगाडि एउटा घटना बाहिर आयो छोरा बिदेश बाट घर फर्किदा आमाको मृत्यु भएर नि हड्डी का अवशेष मात्र सोफा मा भेटेको थियो ।यस्तो कसैको नहोस ।पहिलो कुरा टाढा नै हुन नपरोस् ,यदि भईहाले नि आफ्ना आमाबाबालाई साथमा कोहि राखेर मात्र आफ्नो दैनिकी मा जान अनुरोध गर्छु । आमा भनेका भगवान हुन्।कृपया कुनैपनि सन्तानले आमाबाबा को मन नदुखाउनुहोला ।आमाबाबालाई हेला गरेर भगवान् पुज्न मन्दिर धाएर केही काम छैन । आमाबाबा नै भगवान् हुन् ।

माता तिर्थऔशि

आजको दिनमा आफ्ना आमाहरूलाई सझना गर्ने ,भेट्ने ,स्नेह प्रकट गर्ने दिनको रूपमा लिईन्छ ।यो रमाईलो दिनमा छोराछोरीहरूले आदर सम्मान गरि आमालाई मिठो खान , राम्रो लाउन दिई आमाको हातबाट आशिर्बाद लिने चलन रहेको छ ।आमाबाट टाढा हुनेहरू पनि उपहार लिई आँउछन् ।विभिन्न कारणले आउन नपाएकाहरू सञ्चार माध्यम बाट सम्झने गर्छन् ।यदि आमाहरू यस लोकमा नभए दान पुण्य गर्ने चलन रहेको छ । आमा जसले हामीलाई जन्म दिईन ,कर्म दिईन् ,जन्म दिने कर्म दिने आमा लगायत सम्पूर्ण आमालाई नमन गर्न चाहान्छु ।