झापा। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले कुनै पनि विकास आयोजनाहरुलाई रुग्ण हुन नदिन आग्रह गर्नु भएको छ । हुलाकी राजमार्ग अन्तर्गत झापाका रतुवा तथा कन्काई पुलको बिहिबार निरीक्षणका क्रममा रुग्ण आयोजनाहरुको व्यवस्थापनमा मन्त्रालयले प्राथमिकताका साथ काम गरि रहेको बताउनुभयो । आयोजना जिम्मा लिने र समयमा पूरा नगर्ने प्रवृतिको अन्त्य हुनु पर्ने भन्दै मन्त्री दाहालले निर्धारित समयमा पूरा नभएका आयोजनाहरुका बारेमा मन्त्रालयले समितिनै बनाएर अध्ययन गरेको बताउनुभयो । निर्माण व्यवसायीहरुलाई सक्ने जति मात्र आयोजनाहरु जिम्मा लिन आग्रह गर्दै उहाँले आयोजनाहरुको नियमित र प्रभावकारी नियमन गर्न कर्मचारीहरुलाई निर्देशन पनि दिनुभयो ।
मन्त्री दाहाले ति पुलहरु सहित झापामा जारी विभिन्न आयोजनाहरुको निरीक्षण एवम् अनुगमन गर्नु भएको हो । झापा र मोरङ् जोड्ने रतुवा खोलाको पुल हालै निर्माण पूरा भएको हो । यस्तै कन्काई खोलामा निर्माणाधिन पुल केहि समय निर्माण अवरुद्ध भई पुन ः निर्माण शुरु भएको हो । सो पुलमा हाल स्ल्याव ढलान गरिएको छ । उक्त ढलानमा केहि समय पछि भारबहन क्षमता जाँच गरिने जनाईएको छ ।
प्रतिक्रिया