शिक्षा/स्वास्थ्य

विश्व रेडक्रस दिवसमा बुढीबजारस्थित जेष्ठ नागरिक केन्द्रमा फलफूल वितरण

पोखरा । विश्व रेडक्रस दिवसको अवसरमा रिलायन्स स्कूल पोखरा–२६ अन्तर्गतको जुनियर रेडक्रस सर्कलले बुढीबजारस्थित जेष्ठ नागरिक दिवा सेवा केन्द्रमा फलफूल वितरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको सभापतित्व जुनियर रेडक्रस सर्कल अध्यक्ष निष्ठा भट्टराईले गरेकी थिइन्। नेपाल रेडक्रस सर्कल पोखरा–२६ राखी उपशाखाका प्रमुख अतिथि अम्विका मोहन भट्टराईले कार्यक्रमको औपचारिक उद्घाटन गरे। कार्यक्रममा प्रमुख वक्ताको रूपमा लोक सांस्कृतिक संरक्षण समितिका जगन्नाथ तिमिल्सेनाले जेष्ठ नागरिकको सम्मान र समाजमा रेडक्रसको भूमिकाबारे धारणा राखेका थिए।

फलफूल वितरण कार्यक्रम जेष्ठ नागरिक सेवा केन्द्रका संयोजक राममणि बरालमार्फत सम्पन्न भएको थियो। कार्यक्रममा विद्यालय अध्यक्ष कमल रानाभाटले सहभागीहरूलाई स्वागत गरेका थिए भने सात रेडक्रस सिद्धान्तको वाचन दिक्षा पुर्जाले गरेकी थिइन्। कार्यक्रमको सञ्चालन जुनियर रेडक्रस सर्कल सचिव जेसिका खड्काले गरेकी थिइन्। कार्यक्रमको सहजीकरण शिक्षक नायक लक्ष्मण भुजेल र विद्यालय संयोजक टेकनाथ आचार्यले गरेका थिए। कार्यक्रमले विद्यार्थीमा सेवाभाव र सामाजिक उत्तरदायित्वको भावना विकास गर्ने उद्देश्य राखेको आयोजकले जनाएका छन्।