काठमाडौं । लोकप्रिय गायिका तथा सर्जक लक्ष्मी हमालले पारिपारिक परिवेश बोकेको नयाँ गीत ‘जिन्दगीको गोरेटोमा’ सार्वजनिक गरेकी छन् । केही समयअघि फिल्मी गीत ‘हे गोरी’ सार्वजनिक गरेकी उनले अहिले फरक धारको मर्मस्पर्सी ‘जिन्दगीको गोरेटोमा’ सार्वजनिक गरेकी हुन् । आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेको म्युजिक भिडियोमा पलाँसलगायत नेपाली चलचित्रमा अभिनय गरिसकेका आयुव केसी र गायिका एवं संगीतकार लक्ष्मी स्वयं फिचर्ड छन् । म्युनिक भिडियोको स्टोरी, डाइरेक्सन तथा सम्पादन युवराज खत्रीले गरेका छन् भने छायाँकार सुजन श्रेष्ठ हुन् । अडियोमा शब्द, संगीत र फिमेल भोकल लक्ष्मी आफ्नै रहेको छ भने मेल भोकल विमाल स्याङ्तानले दिएका छन् । अकोष्टिक नेपालले रेकर्ड गरेको अडियोको एरेन्ज साहस शाक्यले गरेका हुन् भने मिक्स एवं मास्टरिङ प्रकाश मिश्राले गरेका छन् ।
14 May 2025 13:31 PM | UPDATED 7 hours ago
प्रतिक्रिया