मनाेरञ्जन

विश्वास उप्रेती र ज्योति पुञ्ज सुरेशको नयाँ गीत ‘रणभूमि ‘ सार्वजनिक

काठमाडौं । नेपाल आइडल सिजन ४ का फाइनालिस्ट गायक विश्वास उप्रेतीको नयाँ गीत ‘रणभूमि ‘ सार्वजनिक भएको छ। ज्योति पुञ्ज सुरेशको शब्द , संगीत रहेको गीतलाई प्रेम आशिषले एरेन्ज गरेका हुन् । गीतमा सुन्दर रहेको हाम्रो ठाउलाई युद्द मार्फत ‘रणभूमि ‘ नबनाउ, बन्दुक-बारुद बोकी आफैलाई के राजा ठान्छौ भनी गीतकारले युद्धखोरहरु लाइ प्रश्न गरेका छन् । नेपाल चलचित्र विकासको हल बालाजुमा छायांकन गरिएको गीतको भिडियोमा अमृत सुनुवारको क्यामेरा , माधव बेल्बासेको सम्पादन रहेको छ । भिडियोलाई निर्देशक मोहन राज अधिकारीले निर्देशन गरेका हुन् ।