काठमाडौ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले यातायात व्यवस्थापन एवम् सञ्चालनका लागि सुचना प्रविधि तथा एआईको प्रयोग उपयोगी हुने बताउनु भएको छ । विश्वव्यापी रुपमा बढि रहेको सुचना प्रविधिको पहुँच र सुविधालाई यातायात व्यवस्थापन एवम् सञ्चालनमा पनि उपयोग गर्न सक्नु पर्ने उहाँको भनाई छ ।
दक्षिण कोरीयाको सुवोनमा आयोजीत आईसीएस प्यासिफिक फोरममा संवोधन गर्दै उहाँले नेपालले समेत पछिल्ला वर्षहरुमा आईटीको प्रयोगलाई बहुउपयोगी र प्रभावकारी बनाउने तर्फ ध्यान दिएको बताउनुभयो । एशिया प्यासिफिक क्षेत्र संभावना र सहकार्यको प्रचुर सम्भावनाको क्षेत्र रहेको उल्लेख गर्दै मन्त्री दाहालले स्मार्ट मोविलिटीलाई प्रवद्र्धन गर्नु पर्नेमा जोड दिँदै उसले कार्वन उत्सर्जनलाई न्युनिकरण गर्नका साथै वायुगुणस्तर सुधार र समावेशी विकासमा समेत सहयोग पु¥याउने बताउनुभयो । नेपाल जस्तो भुपरिवेष्ठित देशका लागि आपसी सहयोग र सहकार्य महत्वपूर्ण उल्लेख गर्दै मन्त्री दाहालले आपसी ज्ञान र अनुभव आदन प्रदानमा नेपालले महत्व दिने पनि बताउनुभयो ।
नेपालले यातायात सेवा पूर्वाधारलाई उच्च प्राथमिकता दिने गरेको भन्दै उहाँले एशिया प्यासिफिक क्षेत्रसँग सहकार्यका लागि तयार रहेको समेत बताउनुभयो । मे २८ देखि ३० सम्मको कार्यक्रमका लागि मन्त्री दाहाल नेतृत्वको टोली दक्षिण कोरीयाको सुवोन पुगेको हो । कोरीयाको स्पेसल सिटीमा आयोजीत कार्यक्रमको विभिन्न १२ देशका मन्त्रीहरुले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । उद्घाटन शत्र, हाईलेवर मिनिस्टेरीयल राउण्ड टेवल र क्लोजिङ् सेरोमोनी गरि तीन भागमा विभाजन गरिएको कार्यक्रममा ‘ईन्टेलीजेन्स ट्रान्सपोर्ट सिष्टम’को माध्यमबाट एशिया प्यासिफिक देशहरुमा सार्वजनिक यातायातलाई कसरी व्यवस्थित बनाउन सकिन्छ भन्नेबारेमा छलफल भएको थियो । उक्त छलफल पछि एक प्रतिवद्धता पत्र पनि सार्वजनिक गरिएको थियो । कार्यक्रमका अवधीमा विश्वभरीका आईटीएस ट्रान्सपोर्ट सम्वन्धि विज्ञहरुबाट विभिन्न प्यानलमा छलफल हुने कार्यक्रम रहेको छ ।
30 May 2025 19:10 PM | UPDATED 1 day ago
प्रतिक्रिया