अर्थ

मन्त्री दाहालद्वारा रेलसेवाको अध्ययन र विकासबारे कोरीयामा छलफल

काठमाडौ। दक्षिण कोरीया भ्रमणमा रहनु भएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले त्यहाँको यातायात तथा रेलसेवा विस्तार सम्वन्धिको छलफललाई संवोधन गर्नु भएको छ । भ्रमणका क्रममा मन्त्री दाहालले कोरेल कर्पोरेशनको कार्यालयमा पुगि छलफल तथा अन्तरक्रिया गर्नु भएको हो । मन्त्री दाहाल नेतृत्वको नेपाली प्रतिनिधी मण्डलसँग त्यहाँका उच्च अधिकारीहरुले नेपालमा रेल सेवाको अध्ययन र अनुसन्धानका लागि हुने सक्ने सहकार्यका बारेमा प्रकाश पारेका थिए । यस अघि नेपाल भ्रमणमा आएका कोरेलका अधिकारी एवम् नेपालको रेल विभाग तथा लगानी वोर्डका अधिकारीहरु विच समेत नेपालमा रेल सेवाको विकास र अध्यननका बारेमा छलफल भएको थियो । उक्त छलफल पश्चात भएका समझदारीहरुका बारेमा समेत भेटमा कुराकानी भएको भ्रमण दलका सदस्य मनोज दाहालले जानकारी दिनुभयो ।
यस्तै भ्रमणका क्रममा कोरीयन एक्सप्रेस वे कर्पोरेशनका अधिकारीहरुसँग भेटमा आपसीहित र सहकार्यकार्यका बारेमा पनि छलफल भएको थियो ।
यस्तै मन्त्री दाहालसँग त्यहाँ रहेको नेपाली समुदायका प्रतिनिधीहरुले पनि छलफल गरेका छन् ।