कृषि

स्वदेशी मह सेवन गर्न सवैमा कृषि मन्त्री अधिकारीको आग्रह ,महको शुद्धता कायम राख्नु पर्नेमा जोड

काठमाडौ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले महमा गुणस्तर कायम गरे आयातित महले बजार खोस्न नसक्ने वताउनुभएको छ । छैठौ मह मेलाको आज काठमाडौको भृकुटीमण्डपमा उद्धघाटन गर्दे मन्त्री अधिकारीले खुल्ला वजारमा सवैले प्रतिस्पर्दा गर्न पाउने भएकाले शुद्ध मह उत्पादनलाई पहिलो प्राथामिकता दिन जरुरी रहेकोमा जोड दिनुभयो । बैक तथा वित्तिय संस्थालाई मौरी किसानहरुमा पनि लगानी गर्न आग्रह गर्दे मन्त्री अधिकारीले मौरी पालकहरुलाई देखिएको चरनको समस्यालाई समाधान गर्न पहल गर्ने पनि वताउनुभयो । मौरी र महको प्रर्वद्धनका लागि सरकारवाट गर्न सकिने सवै सहयोग गर्न आफु तयार रहेको मन्त्री अधिकारीले वताउनुभयो ।
स्वास्थ्यका दृष्टिकोणवाट पनि महको नियमित सेवन फाईदाजनक रहेकाले स्वदेशी महको सेवन गरिदिन पनि सवैमा मन्त्री अधिकारीले आग्रह गर्नुभयो। मह उत्पादकहरुलाई उत्पादनमा जोड दिन आग्रह गर्दे मन्त्री अधिकारीले वजारको समस्या विस्तारै हटदै जाने सरकारले पनि पहल गरिरहेको छ भन्नुभयो । हाल नेपालमा वार्षिक पाँच हजार मेट्रिक टन भन्दा वढि मह उत्पादन हुने गरेको व्यवसायीहरुले वताएका छन । हाल सरकारले मह आयतमा रोक लगाएको छ । यसवाट मह उत्पादन बढदै गएको छ भने नेपाली महको खपत पनि बढदै गएको छ । विगतमा भन्दा अहिले मन्त्रालय मार्फत सकारात्मक सहयोग प्राप्त भएको मौरी पालक किसान तथा मह