Breaking

डिप्लोमा ईन्जिनियरीङ् काउन्सिल गठन हुन्छ : मन्त्री दाहाल

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले डिप्लोमा ईन्जिनियरीङ् काउन्सिल छिटै गठन हुने बताउनु भएको छ । डिप्लोमा ईन्जिनियर्स एशोसिएसनको ४५ औ वार्षिकोत्सव एवम् विश्व वातावरण दिवशको अवसरमा आयोजीत कार्यशालामा उहाँले काउसिन्ल गठनको प्रकृया समेत शुरु भई सकेको बताउनुभयो । कार्यक्रममा मन्त्री दाहालले जलवायु परिवर्तनको प्रभाव र असर न्युनिकरणमा सवै पक्ष लाग्नु पर्ने बताउनुभयो । प्लाष्टिकको प्रयोग मानव स्वास्थ्य, प्राणी र पर्यावरणका लागि हानिकारक रहेको उल्लेख गर्दै उहाँले विकल्पहरुको विकास गरि यसको प्रयोगलाई निरुत्साहित गर्नु पनि उल्लेख गर्नुभयो । सवै स्थानीय तह, प्रदेश एवम् संघीय सरकारले नागरिकको सहभागीतामा वातावरण संरक्षणका कार्यक्रम अघि सार्नु पर्नेमा उहाँको जोड थियो । जलवायु परिवर्तन, प्लाष्टिक तथा विश्व वातावरणको विषयमा कार्यशालाको आयोजना गरिएको थियो ।
कार्यक्रममा ईन्जिनियरीङ् क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गरिएको थियो । सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्य एवम् एशोसिएसनका अध्यक्ष कामेश्वरप्रसाद सिंहको अध्यक्षतामा कार्यक्रम भएको थियो ।