विश्व

संस्कृति नीति चाँडै पारित हुन्छ : मन्त्री पाण्डे

काठमाडौं,जेठ ३१ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले संस्कृति नीति चाँडै मन्त्रीपरिषद् बाट पारित हुने बताउनु भएको छ । काठमाडौमा आयोजित नेपाल–जापान संस्कृति आदानप्रदान कार्यक्रम’मा बोल्दै मन्त्री पाण्डेले प्रस्तावित संस्कृति नीति छिट्टै पारित हुने बताउनु भएको हो । कार्यक्रममा उहाँले हरेक संस्कृतिले आफ्नै सभ्यता र पहिचान बोकेको हुने भन्दै नेपालको मौलिक संस्कृतिलाई अब अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्नुपर्ने आवश्यकता देखिएको जिकिर गर्नु भयो ।

आज आयोजित ‘नेपाल–जापान संस्कृति आदानप्रदान कार्यक्रमले दुई देशिय सस्कृती आदानप्रदानमा ठुलो टेवा पुराउने बताउदै उहाँले यसैगरी निजि क्षेत्रले योगदान गर्दै जानू पर्नेमा जोड दिनु भयो । उहाले भन्नू भयो “संस्कृति कुनै पनि समाजको आत्मा हो। जसले मुलुकलाई जिवित राखेको हुन्छ” उहाँले जापानको अनुशासित, मर्यादित र सुसंस्कृत जीवनशैलीको प्रशंसा गर्दै नेपालले त्यहाँबाट प्रेरणा लिन सक्ने धारणा व्यक्त गर्नु भयो। यस्तै उहाले भन्नू भयो “हामी जापानबाट सम्मानजनक सुसंस्कृति ग्रहण गर्न चाहन्छौं र जापानी नागरिकहरूलाई नेपालको सांस्कृतिक विविधता नजिकबाट अनुभव गर्न हार्दिक पनि निमन्त्रणा दिन्छौं।”

मन्त्री पाण्डेले संस्कृति प्रवर्द्धन र संरक्षणमा सरकारको भूमिका नीतिगत स्तरमा केन्द्रित हुने बताउँदै त्यसको सफल कार्यान्वयनमा निजी क्षेत्रको योगदान अपरिहार्य रहेको पनि बताउनु भयो । कार्यक्रममा जापानबाट आमन्त्रित कलाकारहरू, नेपाली सांस्कृतिक क्षेत्रका विज्ञ एवं कलाकार , निजी क्षेत्रका प्रतिनिधि तथा विभिन्न विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।