Breaking

न्यूरो केयर फाउन्डेशन नेपालले गोकर्णेश्वरमा एक दिने निशुल्क शिविर आयोजना गर्दै

काठमाडौं । न्यूरो केयर फाउन्डेशन नेपालको आयोजनामा राजधानीमा एक दिने निशुल्क न्यूरो स्वास्थ्य शिविर आयोजना हुने भएको छ । गोकर्णेश्वर नगरपालिकाको संयोजनमा हुन लागेको शिविर यही असार ७ गते शनिवार विहान ८ बजेदेखि दिउँसो १ बजेसम्म गोकर्णेश्वर महादेव मन्दिरमा संचालन हुनेछ । शिविरमा वरिष्ठ न्यूरो सर्जन डाक्टर गोपालरमण शर्माबाट पनि बिरामीहरूको चेक जाँच गरिने वीर अस्पतालमा कार्यरत चीफ कन्सलट्यान्ट न्यूरो सर्जन डाक्टर विनोद राज भण्डारीले जानकारी दिनुभयो । न्यूरो तथा स्पाइन जाँच सहित शिविरमा काठमाडौं न्यूरो बागबजारको प्राविधिक सहयोग रहनेछ । डाक्टर राजभण्डारीका अनुसार ब्रेन ट्यूमर, मस्तिष्कघात, टाउको तथा ढाड दुखाई लगायतका समस्याबाट पीडितहरूले पनि शिविरबाट निुशल्क सेवा लिन सक्नेछन् । शिविरमा डाक्टर शर्मा र राजभण्डारी सहित, डाक्टर अनिशमान सिंह र डाक्टर प्रसन्न कार्की पनि संलग्न हुनुहुनेछ ।