मनाेरञ्जन

स्रष्टाहरूकाे साधनाले नै नेपालकाे साहित्यिक र सांस्कृतिक यात्रा बाँचेकाे छ- मन्त्री पाण्डे

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमार्फत प्रदान गरिएका दिर्घ साधना राष्ट्रिय पुरस्कार लाई दुई पुस्ताका स्रष्टाहरूलाई समर्पित ऐतिहासिक सम्मानका रूपमा वर्णन गरेका गर्नुभएको छ।

बुधबार राष्ट्रपति भवन शितल निवासमा आयाेजित नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार २०८१ काे अवसरमा आयोजित एक विशेष समारोहलाई सम्बाेधन गर्दै उक्त कुरा उद्घाेषगर्नु भएकाे हाे। नौ जना स्रष्टाहरूलाई राष्ट्रिय सम्मान प्रदान गर्दै उहाँले भन्नुभयो, “यहाँहरूकाे साधनाले नै नेपालकाे साहित्यिक र सांस्कृतिक यात्रा बाँचेकाे छ। अब हामीले विदेशी भाषाका गीत सुन्ने बाध्यता हटाएर आफ्ना शब्द, स्वर र सङ्गीतकाे त्रिवेणीलाई विश्वभर गुञ्जयमान बनाएका छाैं।” मन्त्री पाण्डेले लामो साधना र निरन्तर अभ्यासबाट खारिएका स्रष्टाहरूबाटै राष्ट्रको सांस्कृतिक धरोहरको संरक्षण, पुस्तान्तरण र प्रवर्द्धन सम्भव हुने विश्वास व्यक्त गर्नुभयाे। उहाँले भन्नुभयाे, “हाम्राे अभाैतिक संरचना हस्तान्तरण गर्नुपर्ने सन्देश यस कार्यक्रममा प्रस्ट रूपमा आएको छ।”

राष्ट्रपतिकाे समउपस्थितिमा प्रदान गरिएका सम्मान राष्ट्रले आफ्नाे पहिचान, सम्पत्ति र पूँजीप्रति गरेकाे आदरकाे प्रतीक भएकाे मन्त्री पाण्डेकाे भनाइ थियाे। उहाँले प्रतिष्ठान, संस्थान र भाषा आयोगले गरिरहेका कदरको प्रशंसा गर्दै स्रष्टाहरू समाजकाे नायक र राष्ट्रिय पहिचानकाे वाहकका रूपमा चित्रण गर्नुभयो।
सम्मानित हुनुहुने स्रष्टाहरूमा दीप श्रेष्ठ – दीर्घ साधना,हरि बहादुर थापा – रंगमञ्च विधा,नारायण रायमाझी – लोकसङ्गीत विधा,कुन्ति मोक्तान – सङ्गीत विधा,कुशेश्वर राई – परम्परागत तथा शास्त्रीय सङ्गीत,वेदकुमारी न्यौपाने – नाट्य विधा ,भुवनदास श्रेष्ठ – नृत्य विधा,कृष्णप्रसाद – नृत्य खोज तथा अनुसन्धान र राजु अग्रवाल – वाद्यवादन विधाबाट सम्मान गरिएकाे हाे। मन्त्री पाण्डेले नेपाली सांस्कृतिक सम्पदाको सम्मान, संरक्षण र विस्तारतर्फ राष्ट्र गम्भीर रूपमा अग्रसर रहेको सन्देश दिएको समेत बताउनुभयो ।