Breaking

दीपक बज्राचार्यको पोडकास्ट ‘प्रोजेक्ट नजिक’को ’प्रसारण सुरु पहिलो इपिसोडमा अतिथी बने मनोज कुमार केसी

काठमाडौं । लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायक दीपक बज्राचार्यले संचालन गरेको पोडकास्ट श्रंखला ‘प्रोजेक्ट नजिक ’को पहिलो भाग सार्वजनिक भएको छ । हरेक हप्ता मगलबार बेलुका ८ बजे देखि एपिवान टेलिभिजनबाट प्रसारण हुने गायक बज्राचार्यको पोडकास्ट श्रंखला ‘प्रोजेक्ट नजिक ’को पहिलो इपिसोडमा लोकप्रिय सांगीतिक ब्याण्ड १९७४ एडीका गीतारिस्ट मनोज कुमार केसी संग गरिएको भलाकुसारी सार्वजनिक भएको छ । पर्दा पछाडी रहेर समाजमा योगदान हरेक क्षेत्रका ब्यतित्त्वहरु जो संग अहिले सम्म लुकेका कुराहरु दर्शक माझ ल्याउन ,आफ्नै समकालीन साथीहरुसंग बसेर आफ्नो शुभ चिन्तकहरु संग नजिक हुन ,ओझेलमा परेका स्रस्टाहरुको योगदानको कदर आफ्नै दर्शक माझ ल्याउन र लोप हुन लागेको र नचिनिएको नेपाली बाजाहरुलाइ नजिकबाट चिनाउनको लागि ‘प्रोजेक्ट नजिक ’को पोडकास्ट श्रंखला संचालन गरिएको गायक दीपक बज्राचार्यले जानकारी दिनु भयो । एपिवान टेलिभिजनमा प्रसारणपछि पोडकास्ट श्रंखला ‘प्रोजेक्ट नजिक ’का इपिसोडहरुलाइ युट्युबमा भने गायक दीपक बज्राचार्यको युट्युब च्यानल ‘डी प्रोडक्सन’ मार्फत हेर्न सकिने छ।