काठमाडौं, (शनिबार) – ग्रेस इभेन्ट्सको आयोजनामा र क्युपिड फोटोग्राफीको सहकार्यमा आयोजना गरिएको “मिस्टर एण्ड मिस ग्रेस एसईई नेपाल २०२५ – सिजन ६” को ग्रान्ड फिनाले तथा विशेष सम्मान कार्यक्रम नवदुर्गा पार्टी प्यालेस, सुकेधारा, काठमाडौंमा अत्यन्त भव्य र सभ्य ढंगले सम्पन्न भएको छ। कार्यक्रमले युवाको प्रतिभा, आत्मविश्वास र सिर्जनशीलताको रंगीन प्रस्तुतिसँगै राष्ट्रिय स्तरको भव्यता देखायो। कार्यक्रमको अध्यक्षता ग्रेस इभेन्ट्सका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत श्री सुरज थापाले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि रूपमा संघीय संसदको प्रतिनिधिसभाका उपसभामुख माननीय इन्दिरा राना मगर रहनुभएको थियो। विशेष अतिथि रूपमा नेपाल स्काउट्सका प्रमुख आयुक्त देवराज घिमिरे र बहुपल्ट गिनिज वर्ल्ड रेकर्ड होल्डर तथा इभेन्ट म्यानेजमेन्ट एशोसिएसन नेपाल (EMAN) का अध्यक्ष राजेन्द्र लुइँटेलको उपस्थिति रहेको थियो। दीप प्रज्वलन गर्दै थापा, राना मगर र लुइँटेलले कार्यक्रमको औपचारिक शुभारम्भ गर्नुभएको थियो।
प्रतियोगितामा छोरीको तर्फबाट एल्मिरा कार्की र छोराको तर्फबाट इनेश बस्नेत विजेता घोषित भए। रबिना खड्का र सन्देश तामाङ पहिलो उपविजेता घोषित भए भने प्रस्मी रत्न दोस्रो उपविजेता बने। तेजस्वी बुढाथोकी ब्रान्ड एम्बेसडरको रूपमा चयन भइन् भने स्नेहा चापागाईं आयोजकको रोजाइमा पर्न सफल भइन्। भोटिङ स्टार उपाधि एल्मिरा र इनेशले जिते, जबकि मुना मोक्तान र पुन: इनेश बस्नेतले भ्युअर्स चोइस उपाधि जिते। उपाधिहरू (Sub-titles) अन्तर्गत विभिन्न विधामा उत्कृष्ट प्रतियोगीहरूलाई सम्मान गरिएको थियो। जसअनुसार:
– बेष्ट ड्रेस: रोसेरी सापकोटा र पियरनिल डंगोल
– फोटोजनिक: एल्मिरा कार्की र इनेश बस्नेत
– मल्टिमिडिया: एल्मिरा कार्की र इनेश बस्नेत
– ट्यालेन्ट: प्रस्मी रत्न र लोकेन्द्र बिष्ट
– बेष्ट पर्सनालिटी: तेजस्वी बुढाथोकी र पियरलिन डंगोल
– मोस्ट कन्फिडेन्ट: स्नेहा चापागाईं र सन्देश तामाङ
– डिभा: रोसेरी सापकोटा
– मोस्ट ग्लोरियस: रबिना खड्का
– मोस्ट डाइनामिक: श्रद्धा चापागाईं
– बेष्ट फिगर: प्रायुषा तिमल्सिना
– मोस्ट ग्ल्यामरस: अनुश्का कोईराला
– बेष्ट वाक: एल्मिरा कार्की र सन्देश तामाङ
– मोस्ट एलिगेन्स: मुना तामाङ
कार्यक्रमको मूल्यांकन ख्यातिप्राप्त निर्णायक मण्डलले गर्नुभएको थियो, जसमा यौशा मगर (मोडल तथा इभेन्ट प्रोड्यूसर), सानिश शाक्य (सिल्भर इन्टरटेन्मेन्टका सीईओ), छोनिफी तामाङ (मिस ग्रेस एसईई २०२३ की विजेता), कृष्ण महार्जन (रोबेन) र रबिना बराईली (मिस टुरिज्म नेपाल २०२४) हुनुहुन्थ्यो। कार्यक्रममा राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति झनै आकर्षणको केन्द्र बन्यो। दारी बा सुरबीर पाण्डे, गायक सपन श्रेष्ठ, गायक बिज्जु लिम्बु, नृत्य कलाकार आनन्द भण्डारी, नृत्याङ्गना अल्जिना कार्की, र अभिनेता अर्जुन कार्कीले दर्शकहरूलाई झुमाए। कार्यक्रममा विशेष सम्मान प्रदान गरिएका व्यक्तित्वहरूमा देवराज घिमिरे, राजेन्द्र लुइँटेल, गायक सपन श्रेष्ठ, सोनीत राज ढुंगेल, मेकअप आर्टिस्ट टेकराज पाण्डे, र नितेश राई (प्रिन्सिपल, अनमोल ज्योति स्कूल) हुनुहुन्थ्यो। प्रतियोगीहरूको रूप सजाउन मेकअप टिममा डीआईपी पायल बुढाथोकी, लक्ष्मी श्रेष्ठ, एकता भण्डारी, गीता उप्रेती, चन्द्रना घिसिङ, चित्रा थापा, जल्पा देवी सुनुवार, उमना खत्री, देवकी साउद, र बिनिता जीसी को अहम भूमिका रहेको थियो।
कार्यक्रम व्यवस्थापन र समन्वयमा समर्पित टिम:
– बिन्द्रा प्रजापति (अफिसियल फोटोग्राफर)
– अर्शु महर्जन (कोरियोग्राफर)
– सविन खड्का (आईटी हेड)
– अनिश कार्की (ग्राफिक्स डिजाइनर)
– अंकित मल्ल (भिडियोग्राफर)
– रक्कु बोहरा र श्रृष्टि न्यौपाने (इभेन्ट कोअर्डिनेटर)
– रेश्मा राई (डान्स कोरियोग्राफर)
– प्रतिक्ष्या डंगोल (अफिसियल होस्ट)
यसबाहेक कोपिला बोहरा, आदित्य चौधरी, सिम्रन मोटे, सलिना गिरी, उत्सव खनाल, बिसुद्ध अधिकारी, सक्षम सापकोटा, त्रिपुरा खड्का, अविनाश राना मगर, र अभय ठाकुर स्वयंसेवकका रूपमा सक्रिय रहेका थिए। कार्यक्रममा विशेष अतिथि तथा पुराना विजेताहरूको समेत सहभागिता थियो, जसमा श्रेया कार्की, स्वेता श्रेष्ठ, लसता महर्जन, सुनिशा गुरुङ, आन्जुम लिम्बु, स्मारिका सुवेदी, उर्मिला तामाङ, मुना मगर, सागर जोशी, सन्दीप खनाल, सोनीया चाम्लिङ राई, नीलम गुरुङ, चाँदनी रपाईली, र रबि लामा जस्ता व्यक्तिहरू उपस्थित थिए। ग्रेस इभेन्ट्सले सम्पूर्ण सहयोगी संस्था, अतिथि, निर्णायक, कलाकार, सञ्चारकर्मी, अभिभावक, सहभागी, स्वयंसेवक र दर्शकप्रति हार्दिक आभार व्यक्त गरेको छ। प्रतियोगिता मात्र नभई यो कार्यक्रम युवाहरूको आत्मविश्वास, सिर्जनशीलता र नेतृत्व विकासको प्रेरणाको यात्राको रूपमा सम्पन्न भएको आयोजकहरूले बताएका छन्।
प्रतिक्रिया